+
+
Shares

सञ्चार मन्त्री बास्कोटा स्वदेश फिर्ता

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १२:०३

१९ कात्तिक, काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा संयुक्त अरब इमिरेट्सको भ्रमण सकाएर स्वदेश फिर्ता भएका छन् ।

दुबईमा आयोजित अन्तर्राष्ट्रिय टेलिकम्युनिकेशन यूनियन (र्आइटीयू) को कात्तिक १२ देखि ३० गतेसम्म हुने १८ औं सम्मेलनमा सहभागी भएर मन्त्री बास्कोटा सोमबार स्वदेश फर्किएका हुन् ।

१९३ राष्ट्र सहाभागी सम्मेलनमा मन्त्री बास्कोटाले नेपालको दूरसञ्चार क्षेत्रका भावी योजना प्रस्तुत गर्नुका साथै प्रगतिबारे जानकारी गराएका थिए ।

नेपालले अगाडी बढाएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को लागि नेपाल सरकारले विभिन्न कार्ययोजना बनाएको र दीगो विकास लक्ष्य हासिल गर्न ब्रोडब्याण्ड नीति, २०७१ तथा आईटीयूको कनेक्ट, २०२० निर्धारण गरेका लक्ष्यहरू हासिल गर्ने गरी कार्यक्रमहरू कार्यान्वयनमा ल्याइएको विवरणसमेत मन्त्री बास्कोताले बैठकमा प्रस्तुत गरेको सञ्चार तथा प्रविधि मन्त्रालयका सहसचिव तथा प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

आईटीयूका नीति र रणनीतिबारे निर्णय लिन हरेक ४ वर्षमा यसका सदस्य राष्ट्रहरुको सम्मेलन हुने गरेको छ ।

सम्मेलनकै क्रममा मन्त्री बास्कोटाले विभिन्न देशका समकक्षीसँग भेटघाट गर्नुका साथै संयुक्त अरब इमिरेट्सको अबुधाबीस्थित नेपाली राजदूतावासको अनुगमन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?