Comments Add Comment

माइतीका लागि सर्वोत्तम उपहार ढाका टोपी

तिहार खासगरी भाइटिकाको दिन चेलीले माइतीलाई उपहार दिने गर्छन् । यतिबेला ‘भाइ मिठाइ’सँगै उपहारको बजार पनि उत्कर्षमा पुगेको छ । उपहारमा के दिने त ? यसमा अनेक विकल्प छन् । पछिल्लो समय उपहारको रुपमा पहिरनदेखि ग्याजेट्ससम्मको प्रचलन बढेको छ । त्यसो त विभिन्न माध्यामबाट ‘गिफ्ट आइडियाज’ पनि शेयर भइरहेका छन् । के उपहार दिने, कसरी दिने इत्यादि ।

यद्यपी कुनैपनि उपहार किन दिने भन्ने कुराले महत्व राख्छ । उपहार अर्थपूर्ण हुनुपर्छ । महंगा वा आकर्षक बस्तु मात्र उपहार हुँदैन । गरगहना, ग्याजेट्स उपहार दिदैमा त्यसले उपहारको सार्थकता दिलाउँछ भन्ने पनि छैन । खासमा उपहार त्यस्तो हुनुपर्छ, जो अर्थपूर्ण होस् ।

तपाईं/हामीलाई थाहा छ अक्सर भाइटिकामा ढाका टोपी पहिर्‍याइदिने गरिन्छ । भाइटिकाका लागि यो नै सर्वोत्तम उपहार हो ।

किन ढाका टोपी ?

किनभने पहिरनमा टोपीको खास महत्व र अर्थ छ । टोपी, जसलाई हाम्रो पूर्खाले ‘शिरपोस’ को उपमा दिए । यो पहिरनको पनि उच्च कोटीमा दरिएको छ । यहि पहिरन चेलीले माइतीलाई स्नेपूर्वक दिने गर्छन् ।

त्यसो त ढाका टोपीप्रति हाम्रो भावनात्मक सम्बन्ध छ । यसमा हामी आफ्नोपन पाउँछौ । कतै हामीलाई चिनाउनु परे ढाका टोपी हाम्रो मानक बन्छ । यो हाम्रो आफ्नै उत्पादन हो । यो हाम्रो आफ्नै रचना हो । यो हाम्रो आस्थाको प्रतिक हो ।

तिहारको भाइटिकामा दिदी वहिनीले दाजुभाईको शिरमा ढाकाटोपी लगाइदिने चलन अझै विद्यमान छ । यसको खास अर्थ छ । टोपी जस्तै दाजुभाईको सिर उच्च रहोस् भन्ने प्रतिकात्मक सन्देश सहित ढाका टोपी उपहार दिइन्छ ।

अर्कोतिर के पनि धारणा छ भने, भाइटिकामा माइतीको टाउको खाली राख्नुहुँदैन । यहि कारण टोपी पहिर्‍याइदिने गरिन्छ ।

जसै तिहार नजिकिन्छ ढाका टोपी छ्यापछ्याप्ती देखिन्छ । तिहारलाई लक्षित गरेर बजार ढाका टोपीले ढाकिन्छ । बजारमा ढाका टोपी देख्नसाथ हामी रोमाञ्चित हुन्छौ । किनभने, यसले हामीलाई तिहारको मिठास दिन्छ ।

किन भनियो ढाका टोपी

ढाका टोपी नेपालीहरुको मौलिक पहिचान हो । ढाकाको कपडामा तयार पारिने ढाका टोपी पुरुषहरुले लगाउने एक प्रकारको टोपी हो । निदार सहति सम्पूर्ण टाउको ढाक्ने भएकोले पनि यसलाई ढाका टोपी भनिने जनविश्वास छ । त्यस्तै, बंगलादेशको ढाका शहरबाटयस किसिमका कपडा आयायित भएकोल पनि यसलाई ढाका भन्ने गरेको पाइन्छ ।

ढाका टोपी दाउरा सुरुवालका साथमा माथमा लगाइने गरिन्छ । ढाका टोपी  नेपालीहरुको राष्ट्रिय पोशाक पनि हो ।

यसरी आयो प्रचलनमा

सांस्कृतिक दृष्टिकोणले भिन्नै महत्व बोकेको ढाका टोपी राजा महेन्द्र वीर विक्रम शाहदेवको पालामा ढाकाटोपी बढी मात्रामा प्रचलनमा आएको थियो । त्यसबेला नेपालको सरकारी कार्यालयमा काम गर्ने सबैलाई नेपाली पोशाक अनिवार्य थियो । त्यसमा ढाका टोपी पनि पर्दछ ।

ढाका टोपीलाई नेपालीको कला धर्म, संस्कृतिसित पनि जोडिएको पाइन्छ । धार्मिक कार्यको दौरान निदार तथा शिर खाली राख्नु हुन्न भन्ने मान्यता अनुसार नेपाली समाजमा हरेक शुभ कार्य पश्चात्त ढाका टोपी लगाउने गरिन्छ । त्यसैमा आधारित रहेर भाइटिकाको दिन हरेक दिदीबहिनीले दाजुभाईलाई ढाका टोपी लगाइदिने चलन रहेको बुझिदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment