Comments Add Comment

इसेवा र जेभियरबीच विद्यार्थीको लागि प्रयोगात्मक र रोजगार सम्झौता

१९ कात्तिक, काठमाडौं । जेभियर इन्टरनेशनल कलेजबाट बिभिन्न बिधामा स्नातक गर्ने विद्यार्थीलाई इसेवाले प्रयोगात्मक (इन्टरर्नशीप)का साथै रोजगार व्यवस्थापनको जिम्मा समेत लिने भएको छ । जेभियर र इसेवाबीच सोमबारबाट यो सम्झौतासँगै विद्यार्थीलाई परामर्शसमेत दिन सुरु भएको छ ।

जेभियर इन्टरनेशनल कलेजमा सोमवार आयोजित कार्यक्रममा इसेवाका संस्थापक असगर अलीले विद्यार्थीहरुलाई परामर्श दिनुका साथै प्रयोगात्मक सिकाइ र रोजगारी उपलव्ध गराउने बताए । यसअघि इसेवाले एमबीबीएसका विद्यार्थीलाई सो सेवा उपलव्ध गराएको थियो ।

जेभियर इन्टरनेशल कलेजमा त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रम र सम्बन्धमा बिसिए,बीबीए र बीबीएम पढ्ने विद्यार्थीको प्रयोगात्मक कार्यक्रम अब इसेवाले गराउने कलेजका कार्यकारी निर्देशक लोकवहादुर भण्डारीले बताए । उनका अनुसार यस्तो सेवा उपलव्ध हुने जेभियर एकमात्र कलेज हो ।

भण्डारीले भने- अब जेभियरमा त्रिभुवन विश्वविद्यालयको नयाँ कार्यक्रम अन्तर्गत बिभिन्न बिधामा स्नातक पढ्ने विद्यार्थीको प्रयोगात्मक इसेवाले गराउँछ । प्रयोगात्मक पछि रोजगारी पनि उसैले उपलव्ध गराउनेछ । हामीबीच यो सम्झौताले विद्यार्थीलाई ठूलो अवसरको ढोका खोलेको छ ।

जेभियर कलेजले त्रिभुवन विश्वविद्यालयबाट स्वीकृत कार्यक्रम अन्तर्गत बिसिए, बिबिए,बिबिएम, एमबीएसलगायतका बिधामा पठनपाठन गराइरहेको भण्डारीले बताए । अब इसेवासँगको सम्झौतापछि प्रयोगात्मक र रोजगारीको सुबिधा थपिएको उनले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment