Comments Add Comment

तिहारमा कार्यस्थल नछाड्न कर्मचारीलाई प्राधिकरणको निर्देशन

१९ कात्तिक, काठमाडाैं । नेपाल विद्युत प्राधिकरणले तिहारमा आफ्नो उत्पादन केन्द्र र साइट नछाड्न विद्युत् उत्पादन, सञ्चालन सम्भार विभाग मातहतका कर्मचारीलाई निर्देशन दिएको छ ।

विगतमा कनिष्ठ कर्मचारीलाई निमित्तको जिम्मेवारी दिएर विद्युत् केन्द्र प्रमुख, शाखा प्रमुख र इन्जिनियरहरु कार्यस्थल (साइट)मा नबस्ने गरेको भन्दै प्राधिकरणले चाडपर्वमा विद्यत केन्द्रहरुको अहम भूमिका हुने भएकाले आफ्नो जिम्मेवारी पन्छाएर नहँडि्न निर्देशन दिएको हो ।

आफ्नो केन्द्रबाट हुने विद्युत् उत्पादन, सञ्चालन र सम्भार हरेक गतिविधिमा जिम्मेवार, जवाफदेही र संवेदनशील भएर तालुक निकायका पदाधिकारीसँग निरन्तर सम्पर्कमा रहन निर्देशनमा भनिएको छ ।

प्राधिकरणले मेसिन, उपकरण र मर्मतको जिम्मेवार लिएका कर्मचारी पनि साइट नछोड्न भनेको छ । छोड्नै परे उत्पादन, सञ्चालन तथा सम्भार विभागमा जानकारी गराउन भनिएको छ ।

प्राधिकरणले विजुली सम्बन्धी कुनै समस्या आए निमित्तको नभएर सम्बन्धित केन्द्र तथा शाखा प्रमुख नै जिम्मेवार हुने र उनीहरुसँगै प्राधिकरणले सीधा सम्पर्क र छलफल गर्ने गरी उपलब्ध हुनुपर्ने गरी तयार गर्न निर्देशन दिइएको छ ।

तिहारमा विजुलीको माग अत्यधिक बढी हुन्छ । जसले गर्दा उत्पादन केन्द्रदेखि वितरण लाइनसम्म जुनसुकै बेला समस्या आउन सक्छ । प्राधिकरणले यो वर्ष देशभर कतै पनि लक्ष्मी पुजाको दिनमा समेत लाइन नकाट्ने योजना बनाएको छ । आउन सक्ने समस्यालाई ध्यानमा राखेर प्राधिकरणले कर्मच्ारीहलाई ‘स्ट्यान्डबाइड बस्न भनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment