+
+

दुई लाख बढी भारतीय नोटसहित वीरगञ्जमा एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १७:१५

१९ कात्तिक, वीरगञ्ज । वीरगञ्जबाट प्रहरीले २ लाख ३० हजार अवैध भारतीय नोटसहित एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले पर्साको साविक जरनाथपुर गाविस-५ घर भइ हाल वीरगञ्ज महानगरपालिका-१३ राधेमाई बस्ने ४५ वर्षीय विजय साह कलवारलाई पक्राउ गरेको हो ।

वीरगञ्ज महानगरपालिका-८, स्थित सडक खण्डमा विभिन्न सवारीसाधन तथा पैदल यात्रुहरु चेकजाँच गर्ने क्रममा शंकाष्पद रुपमा पैदल आइरहेका विजयको साथबाट अवैध भारतीय रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ ।

उनको साथबाट भारतीय मुद्रा २ हजार दरको नोट एकसय थान अर्थात २ लाख रुपैयाँ र भारु पाँच सय दरको नोट ६० थान अर्थात ३० हजार रुपैयाँ गरी जम्मा २ लाख ३० हजार रुपैयाँ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

भारतीय नोटसहित कलवारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग, हरिहर भवन, पुल्चोक, ललितपुर पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?