+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
148/6 (18.6)
VS
विराटनगर किंग्स 2025
0/0
Shares

सुन्धारा, रत्नपार्क क्षेत्रमा दिनभर जाम

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक १९ गते १७:५३

१९ काठमाडौं । काठमाडौंको मुख्य बजार क्षेत्रमा आइतबार दिउँसोदेखि नै सुरु भएको ट्राफिक जामका कारण आवागमन अस्तव्यस्त भएको छ ।

आजदेखि तिहार सुरु भएकाले पनि मुख्य सडक र बजार क्षेत्रमा सर्वसाधारणको घुँइचो छ । तर, तिहारकै कारण मात्र ट्राफिक जाम भएको भने होइन ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी बसन्त पन्तका अनुसार लैनचोरदेखि सोह्रखुट्टेसम्मको सडक बिग्रको र केशरमहल क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको काम भइरहेकाले व्यस्त सडकमा असर परेको हो ।

‘तिहारको किनमेलको दिन भएकाले पनि बजारमा भीड बढ्यो, तर, त्यसैले मात्र होइन’, उनले भने ।

जाम भएको क्षेत्रमा थप ट्राफिक प्रहरी खटाएर व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए ।

सडक क्षमता भन्दा धेरै सवारी साधन हुँदा पाँच मिनेटको दुरी पार गर्न आधा घण्टादेखि एक घण्टा लाग्ने अवस्था छ अहिले ।

त्रिपुरेश्वर, थापाथली, माइतीघर, पुतलीसडक, भद्रकाली, सुन्धारा, न्युरोड, रत्नपार्कदेखि जमल घण्टाघर, भृकुटीमण्डप क्षेत्रमा ट्राफिक जाम अत्याधिक छ ।

त्यसो त, असन, भोटाहिटी, न्युरोड, खिचापोखरी लगायतका भित्री बजार क्षेत्रमा पनि पाइला चाल्ने ठाउँ छैन ।

जाम भएका मुख्य सडकको सट्टा भित्रि सडक प्रयोग गर्न ट्राफिक प्रहरीको सुझाव छ । सवारी संख्या बढ्दै जानु तर, त्यसअनुरुप व्यवस्थापनको उपाय नपहिल्याउँदा ट्राफिकको समस्या ज्युँका त्युँ रहने स्थिति छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?