+
+
Shares

तिहार मान्न पेश्की नदिएको भन्दै चौधरी उद्योगका मजदुर आन्दोलित

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते ९:४०

२० कात्तिक, नवलपरासी । तिहार मान्नका लागि पेश्की नदिएको भन्दै चौधरी उद्योगका मजदुरहरु आन्दोलित भएका छन् ।

अघिल्लो वर्षहरुमा तिहार मान्न पेश्की रकम दिने प्रचलन रहे पनि यसपटक भने कम्पनीले दिन आलटाल गरेका कारण आन्दोलनमा उत्रिएको मजदुरहरुले जनाएका छन् ।

पेश्की नदिएको विरोधमा मजदुरहरुले सोमबार बिहान ६ बजेदेखि दिउँसो १ बजेसम्म उद्योग बन्द गरेको अखिल नेपाल क्रान्तिकारी औद्योगिक मजदुर युनियनका अध्यक्ष गोपाल बस्नेतले बताए ।

बस्नेतले दशैं अगाडि तलब लिएको भए पनि दशैंपछि पनि मजदुरहरुले सरदर १०/१५ हजार रुपैयाँको दरले काम गरिसकेकोले तिहार मान्नका लागि अग्रिम तलब माग गरेको बताए ।

उनले सांकेतिक रुपमा ७ घण्टा उद्योगका सबै काम ठप्प पारे पनि अहिले काम शुरु भएको र प्रशासनले छलफलका लागि बोलाएको बताए ।

दुम्कौलीमा रहेको चौधरी उद्योग ग्राममा १८ सय मजदुर कार्यरत छन् ।

चौधरी उद्योग ग्राम दुम्कौलीका वरिष्ठ महाप्रबन्धक रामभक्त केसीले दशैंमा नै पेशकी रकम, बोनस र तलब दिएकाले अहिले नदिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?