+
+
Shares

महासमिति बैठकको मिति सार्ने मुडमा कांग्रेस

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १०:०४

२० कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आज बस्ने केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने भएको छ ।

बैठक अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्दैछ । बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग हुने भन्दै केही दिन पछाडि सार्न सक्ने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

कांग्रेस महासमितिको बैठक आगामी मंसिर ५ देखि ९ सम्मका लागि तोकिएको थियो । महासमिति बैठक मंसिर अन्तिम साताका लागि तोकिने सम्भावना रहेको शर्माले बताए ।

बैठकमा पार्टीको विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनसमेत प्रस्तुत हुने र त्यसबारेमा पनि छलफल हुने बताइएको छ ।

कांग्रेसले संविधानको संघीय संरचनाअनुसार पार्टीको संरचना बनाउन महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा विधान संशोधन मस्यौदा समिति गठन गरेको थियो । बैठकमा भातृसंस्था नेपाल विद्यार्थी संघको महाधिवेशनको मितिको बारेमा समेत छलफल हुने प्रवक्ता शर्माले बताए ।

नेविसंघको २ वर्षे कार्यकाल समाप्त भएर थप गरिएको समयमा पनि महाधिवेशन हुन नसकेपछि त्यसबारेमा पार्टीमा छलफल हुन लागेको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?