Comments Add Comment

पूनमको फिल्ममा साम्राज्ञी फाइनल, पारिश्रमिक १५ लाख ?

निर्मात्री पूनम गौतमले निर्माण गर्न लागेको नयाँ चलचित्रका लागि नेपाली चलचित्रकी सुपरस्टार नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह फाइनल भएकी छिन् । यो चलचित्रका लागि पूनमले यसअघि नायिका रेविका गुरुङ र नायक पुष्पल खड्कालाई फाइनल गरेकी थिइन् । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई संझौता गरेसँगै चलचित्रको मुख्य टिमअप सकिएको छ ।

नवल नेपालले निर्देशन गर्न लागेको यो चलचित्रका लागि साम्राज्ञीले महंगो पारिश्रमिक लिएको वुझिएको छ । वुझिएअनुसार, यो चलचित्रका लागि साम्राज्ञीले १५ लाख पारिश्रमिक लिएकी छिन् । चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ रिलिजपछि साम्राज्ञीले नयाँ चलचित्र साइन गरेकी थिइनन् । यो चलचित्रको कथावस्तु आफूले अहिलेसम्म गरेको र सुनेको भन्दा विल्कुलै फरक रहेकाले काम गर्न उत्साहित भएको साम्राज्ञीले बताएकी छिन् ।

चलचित्रको कथा सुन्ने वित्तिकै साम्राज्ञी काम गर्न तयार रहेको वुझिएको छ । माघको तेश्रो साताबाट छायांकन प्रारम्भ हुने चलचित्रले ३ साथीको कथालाई भन्नेछ । ‘अझै पनि’ निर्माण गरेर नेपाली चलचित्रको निर्माणमा अगाडि बढेकी पूनमले यो चलचित्रलाई ठूलो क्यानभासमा बनाउने तयारी गरेको बताइन् । चलचित्रमा संजय लामाको छायांकन रहनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment