Comments Add Comment

दीपिकालाई इन्गेजमेन्टको असरः पक्का भएको फिल्म छाड्नुपर्‍यो

नायक वा नायिका बिहे गरेपछि हराउँछन् या निर्माताले पत्याउँदैनन् भन्ने चर्चा ग्ल्यामर दुनियाँमा खुबै हुन्छ । यो उदाहरण धेरै कलाकारमा लागू भएको पनि पाइन्छ । कतिपय भने बिहे गरेपछि झनै चम्किएका छन् ।

दशैंको टिका लगतै प्रेमी दिवाकर भट्टराइसँगै इन्गेजमेन्ट गरेरे थाइल्याण्डमा रमाइरहेकी नायिका दीपिका प्रसाँइलाई चलचित्रको दुनियाँमा भने इन्गेजमेन्टले असर गरेको छ ।

केही हप्ता अगाडि निर्मात्री पूनम गौतमले बनाउन लागेको नयाँ चलचित्रमा दीपिकाले काम गर्ने पक्का भएको खबर सार्वजनिक भएको थियो । दीपिकाले पनि अनलाइनका समाचारमा धन्यवाद दिन भ्याएकी थिइन् । तर, उनले कागजी संझौता भने गरेकी थिइनन् ।

दीपिका यो चलचित्रमा काम गर्न उत्साहित रहेको समयमा निर्मात्री पूनम गौतमले भने अर्की नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहलाई फाइनल गरेकी छिन् । पूनमले चलचित्रमा दीपिका नहुने बताएकी छिन् ।

कोर्ट म्यारिजपछि इन्गेजमेन्ट गरेकी दीपिकालाई पूनमको चलचित्रबाट बाहिरिनुपर्दा झट्का लागेको छ । कतै, उनी प्रेमको दुनियाँमा रमाइरहँदा चलचित्रको करिअर भने धरापमा पर्ने त होइन ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment