Comments Add Comment

‘ठग्स अफ हिन्दुस्तान’को टिकट महंगियो, आमिर भन्छन्-‘मलाई थाहा छैन’

बलिउडमा चाडपर्वको समयमा रिलिज हुने स्टारका चलचित्रको टिकट सधै नै महंगिने गर्छ । बलिउडका चर्चित नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बिहिबारदेखि रिलिज हुँदैछ ।

यो चलचित्रलाई तिहारको अवसर पारेर रिलिज गर्न लागिएको हो । चलचित्रको बुकिङ विश्वभर खुल्ला भैसकेको छ । तर, चलचित्रको टिकट दर उच्च रुपमा वृद्धि हुँदा मध्यम वर्गका दर्शकले चलचित्र हेर्न नपाउने हुन् कि भन्ने टिप्पणी पनि हुन थालेको छ ।

यो बिषयमा चलचित्रका मुख्य कलाकार आमिर खानले भनेका छन्-‘मलाई यो बिषयमा केही पनि थाहा छैन । म चलचित्रको प्रमोशनमा व्यस्त छु । म चाहन्छु यो चलचित्र हरेक बर्गका दर्शकले हेरुन् ।’

यशराजको ब्यानरमा निर्माण भएको चलचित्रमा आमिरको साथमा अमिताभ बच्चन, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment