+
+
WC Series
पोखरा एभेन्जर्स 2025
84/4 (11.6)
VS
४८ बलमा ८२ रन आवश्यक
काठमान्डु गोर्खाज 2025
165/8 (20)
Shares

‘ठग्स अफ हिन्दुस्तान’को टिकट महंगियो, आमिर भन्छन्-‘मलाई थाहा छैन’

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २० गते १४:०१

बलिउडमा चाडपर्वको समयमा रिलिज हुने स्टारका चलचित्रको टिकट सधै नै महंगिने गर्छ । बलिउडका चर्चित नायक आमिर खानको मुख्य भूमिका रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ बिहिबारदेखि रिलिज हुँदैछ ।

यो चलचित्रलाई तिहारको अवसर पारेर रिलिज गर्न लागिएको हो । चलचित्रको बुकिङ विश्वभर खुल्ला भैसकेको छ । तर, चलचित्रको टिकट दर उच्च रुपमा वृद्धि हुँदा मध्यम वर्गका दर्शकले चलचित्र हेर्न नपाउने हुन् कि भन्ने टिप्पणी पनि हुन थालेको छ ।

यो बिषयमा चलचित्रका मुख्य कलाकार आमिर खानले भनेका छन्-‘मलाई यो बिषयमा केही पनि थाहा छैन । म चलचित्रको प्रमोशनमा व्यस्त छु । म चाहन्छु यो चलचित्र हरेक बर्गका दर्शकले हेरुन् ।’

यशराजको ब्यानरमा निर्माण भएको चलचित्रमा आमिरको साथमा अमिताभ बच्चन, कट्रिना कैफ लगायतका कलाकारको मुख्य भूमिका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?