Comments Add Comment

अमेरिका मध्यावधि चुनावः माथिल्लो सदनमा रिपब्लिकन र तल्लो सदनमा डेमोक्र्याटिक अगाडि

२१ कात्तिक, काठमाडौं । अमेरिकाको मध्यावधि निर्वाचनको प्रारम्भिक नतिजा अनुसार माथिल्लो सदन (सिनेट) मा डोनाल्ड ट्रम्पको पार्टी रिपब्लिकन र तल्लो सदन (हाउस अफ रिप्रिजेन्टेटिभ)मा डेमोक्र्याट पार्टी अगाडि छन् ।

सिनेटमा रिपब्लिकन पार्टीले बहुमत हासिल गर्ने पक्का भएको छ । सिनेटका १०० सिटमध्ये ५० प्रतिशत सिटमा रिपब्लिकनले जित हासिल गरेको छ । डेमोक्रेटिक पार्टीले ३८ सिट जितेको छ ।

निर्वाचनमा हजारौं मतदाताले भाग लिएका छन् । अमेरिकी मतदाताले मध्यावधि निर्वाचनमा अमेरिकी संसदको ४३५ सिट, माथिल्लो सदन (सिनेट) को १०० सिट र ३६ राज्यको गभर्नर पदका लागि मतदान गरेका छन् ।

यो निर्वाचनलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादास्पद नीतिप्रतिको जनमतसंग्रहको रुपमा हेरिएको छ । साथै यसको नतिजाले राष्ट्रपतिको रुपमा ट्रम्पको आगामी दुई वर्षे कार्यकाल कस्तो हुनेछ भन्ने फैसला गर्ने छ । त्यसैले यस चुनावलाई ट्रम्पको ठूलो परीक्षाको रुपमा हेरिएको छ ।

राजनीतिक विश्लेषकहरुका अनुसार डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभामा जित्ने सम्भावना छ ।

हाल माथिल्लो सदन र प्रतिनिधिसभाका दुवै सदनमा रिपब्लिकन पार्टीको बहुमत छ । प्रतिनिधिसभाका ४३५ सिटमा हाल रिपब्लिकन पार्टीसँग २३५ सिट छ । डेमोक्रेटिक पार्टीसँग १९३ सिट छ ।

प्रतिनिधिसभाका सबै सिटमा हरेक दुई वर्ष अमेरिकामा मतदान हुने गर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment