Comments Add Comment

गाडी किन्ने ऋणको सीमा घटाएर तरलता समस्या हटाउने रणनीति

२१ कात्तिक, काठमाडौं । यस वर्ष दशै सकिए लगत्तै बैंकहरुमा देखिएको लगानी योग्य रकम (तरलता) को समस्या समाधानका लागि राष्ट्र बैंकले नयाँ रणनीति तयार पारेको छ ।

उत्पादनशील क्षेत्रमा लगानी बढाए तरलता अभावको समस्या नहुने राष्ट्र बैंकको ठहर छ । यस कुराई मध्यनजर गर्दै राष्ट्र बैंकले विदेशी ऋण नीतिमा खुकुलो हुने र सवारीसाधनको कर्जामा कडाई गर्ने रणानीति लिएको हो ।

दशैंअघि कर्जा लगानीमा आक्रामक बनेका बैंकहरुले कर्जाको अनुपातमा निक्षेप संकलन भने गर्न सकेनन् । जसको परिणाम यतिबेला बैंकहरुले राम्रोसँग कर्जा लगानी गर्न पाएका छैन् ।

बैंकहरुमा तरलता समस्या देखिए पछि यसको समाधानका लागि राष्ट्र बैंकले मूख्य दुई वटा रणनीति अनुरुप नयाँ निर्देशन जारी गरेको छ । अनुत्पादक क्षेत्रमा बैंकहरुले लगानी बढाउदा लगानी योग्य रकम हुने भन्दै उत्पादनशील क्षेत्रको लगानीमा राष्ट्र बैंकले प्राथमिकता दिदै आएको छ ।

राष्ट्र बैंकले मंगलबार नयाँ निर्देशिका जारी गर्दै सवारीसाधनमा प्रवाह हुने कर्जामा कडाई गरेको छ । राष्ट्र बैंकले ६५ प्रतिशतसम्म सवारीसाधनमा कर्जा दिन नसकिने प्रावधान थियो यसलाई घटाएर राष्ट्र बैंकले अब ५० प्रतिशतमा झारेको हो ।

अब कसैले नयाँ सवारी किन्न चाहे ५० प्रतिशत डाउनपेमेन्ट गर्नु पर्छ र बाँकी ५० प्रतिशतमात्रै सवारी कर्जाको रुपमा फाइनान्स हुनेछ । यो क्षेत्रमा कडाई गरे तरलता समस्या कम हुने राष्ट्र बैंकको ठहर छ ।

राष्ट्र बैंकको अर्को रणनीति भनेको विदेशी ऋण नीति हो । सवारी साधनमा प्रवाह हुने कर्जामा कडाई गरेको राष्ट्र बैंकले विदेशी ऋण नीतिमा भने खुकुलो बनाएको छ । यस अघि आफ्नो प्राथमक पुँजीको २५ प्रतिशत रकम विदेशबाट ऋण लिन पाउने व्यवस्था थियो । यसलाई सहज बनाउदै राष्ट्र बैंकले प्राथमिक पुँजीको ५० प्रतिशतसम्म विदेशबाट ऋण लिन पाउने व्यवस्था गरेको हो ।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि ल्याएको मौद्रिक नीतिमार्फत प्राथमिक पुँजीको २५ प्रतिशत विदेशबाट ऋण लिन पाउने व्यवस्था गरेको भए पनि बैंकहरुले ल्याउन सकेका थिएनन् । यो नीति पछि बैंकले ऋण ल्याउने र बैंकहरुमा तरलता अभावको समस्या कम हुने राष्ट्र बैंकको विस्वास छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment