Comments Add Comment

गच्छदारलाई उपसभापति मनोनित गरेकोमा नेता सि‌ंह असन्तुष्ट

२१ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी उपसभापतिमा विजयकुमार गच्छदारलाई मनोनित गर्ने निर्णय प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

नेता सिंहले पार्टी विधानको प्रावधान विपरीत सभापति शेरबहादुर देउवाले गच्छदारलाई उपसभापतिमा मनोनित गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

काठमाडौंको जोरपाटीस्थित नयाँ बस्ती युवा क्लबले बुधबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै नेता सिंहले सभापति देउवाले अप्रजातान्त्रिक ढंगले आफूखुसी गच्छदारलाई उपसभापतिमा मनोनित गर्ने निर्णय गरेको भन्दै आक्रोश पनि व्यक्त गरे । उनले सभापति देउवालाई पार्टीलाई विधि र विधानसम्मत ढंगले अघि बढाउन पनि चेतावनी दिए ।

आफूसँग बहुमत छ भन्दैमा सभापति देउवाले जथाभावी गर्दै हिँडेको नेता सिंहको आरोप छ । मंगलबार बसेको पार्टी केन्द्रीय कार्य समिति बैठकले गच्छदारलाई उपसभापतिमा मनोनित गरिएको थियो ।

नेता सिंहले पार्टीलाई विधिसम्मत ढंगले अघि बढाएर जनतालाई राहत दिने र मुलुकको आर्थिक समृद्धिको नेतृत्व गर्न सक्ने सशक्त पार्टीको रुपमा विकास गर्न पार्टी नेतृत्वलाई दवाव दिनुपरेको पनि स्पष्ट पारे ।

पूर्वउपप्रधानमन्त्री समेत रहेका सिंहले कामै गर्न नसकेको भन्दै सरकारको पनि चर्को आलोचना गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment