Comments Add Comment

दलहरुलाई राष्ट्रपतिको आग्रहः आर्थिक समृद्धिको यात्रालाई सफल पार्नुस्

२१ कात्तिक, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विकास र आर्थिक समृृद्धिको यात्रालाई सफल पार्न दलहरुलाई आग्रह गरेकी छन् ।

तिहार, नेपाल सम्वत् र छठ पर्वको अबसरमा उपराष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरु, पूर्वसभामख र प्रमुख चार पार्टीका नेताहरुलाई शीतल निवासमा बोलाएर शुभकामना आदान प्रदान गरेकी छन् ।

त्यसक्रममा उनले मुलुकको राजनीतिक परिर्वतनमा दलहरुले निर्णायक भूमिका निर्वाह गरेको भन्दै अब देशको विकास र आर्थिक समृद्धिको यात्रालाई सफल पार्न आग्रह गरिन् । साथै आर्थिक विकासको अभियानलाई तीव्रता दिन सरकार र दलहरुलाई आफ्नो सहयोग समेत रहने बताएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment