+
+
Shares

शरणार्थी आप्रवासीविरुद्ध अमेरिका कठोर

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २३ गते १९:५४

२३ कात्तिक, वासिङटन । अमेरिकाको दक्षिणी सीमाबाट देशभित्र छिर्ने गैरकानुनी आप्रवासीहरू शरणार्थी बन्न अयोग्य हुने भएका छन् ।

अमेरिकाको नयाँ नियमअनुसार उनीहरू शरणार्थी बन्न अयोग्य हुने भएको अधिकारीहरूले जनाएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशन अनुसार होमल्याण्ड सेक्युरिटी डिपार्टमेन्टले लागू गरेको नियमबमोजिम लगाइएको निषेधाज्ञा उल्लंघन गर्नेलाई शरण नदिइने भएको हो ।

राष्ट्रपति ट्रम्पद्धारा जारी वक्तव्यमा राष्ट्रिय स्वार्थका लागि आप्रवासीहरूलाई रोक्न सकिने उल्लेख गरिएको छ ।

हालै सम्पन्न संसदीय निर्वाचनमा गैरकानुनी आप्रवासीहरूलाई रोक्ने विषय राष्ट्रपति ट्रम्पको मुख्य मुद्दा बनेको थियो ।

मेक्सिको हुँदै मध्यअमेरिकी देशहरूबाट अमेरिका आउन लागेका आप्रवासीहरूको लस्करलाई लक्षित गर्दै राष्ट्रपति ट्रम्पले सीमामा तिनलाई रोक्न सेना खटाएका थिए ।

मेक्सिकोसँगको अमेरिकाको सिमानामा पर्खाल लगाउने मुद्दालाई पनि ट्रम्पले आफ्नो निर्वाचनको बेला मुख्य एजेण्डा बनाएका थिए ।

अहिले लागू भएको नियम यसअघि नै प्रवेश गरिसकेका र कानुनी प्रक्रियामा रहेकाहरूलाई भने लागू नहुने बताइएको छ ।

कतिपयले यस नियमप्रति आपत्ति पनि जनाएकाले अदालतमा मुद्दा पर्नसक्ने समाचारमा जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?