Comments Add Comment

‘ठग्स अफ हिन्दुस्तान’को व्यापार पनि खराब

बिहिबारबाट रिलिज भएको बलिउडको महंगो चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ले समीक्षक र दर्शकको निकै खराब प्रतिक्रिया पायो । यसैले, बक्स अफिसमा पनि समीक्षाको असर देखिन थालेको छ । तिहारको ४ दिने बिदाले पनि चलचित्रको व्यापारमा कुनै उथलपुथल ल्याउन सकेन ।

बिहीबार चलचित्रले निर्माताको आँकडा अनुसार ५२ करोडको ओपनिङ गरेको देखाइएको छ । तर, ट्रेडहरुले भने चलचित्रले ४२ करोडको ओपनिङ गरेको स्पष्ट पारेका छन् । शुक्रबार भने चलचित्रको व्यापारमा निकै गिरावट आएको छ । शुक्रबार निर्माताको आँकडामा नै चलचित्रले २८ करोड व्यापार गरेको छ । तर, ट्रेडका अनुसार शुक्रबार चलचित्रले २२ करोडको व्यापार गरेको छ ।

शनिबार चलचित्रको व्यापार निर्माताको अनुसार २३ करोड छ । ट्रेडका अनुसार चलचित्रको शनिबारको व्यापार २१ करोड छ । खराब प्रतिक्रिया पाएको बलिउड नायक सलमान खानको ‘रेश ३’ले पनि ३ दिनमा राम्रो कमाइ गरेको थियो । पहिलो दिन ३४ करोड मात्र कमाइ गरेको चलचित्र ‘सञ्जु’ले बक्स अफिसमा ३ सय ४० करोड माथिको व्यापार गर्‍यो ।

तर, अमिताभ बच्चन, आमिर खान, कट्रिना कैफ जस्ता स्टारले अभिनय गरेको यो चलचित्रको कमाइ समीक्षा जस्तै खराब देखिएको छ । आज आइतबार चलचित्रले शनिबारको भन्दा पनि कम कमाइ गर्ने बलिउडका पण्डितहरुले बताएका छन् । सोमबारबाट भने चलचित्रको व्यापार निकै कम हुने देखिएको छ ।

साढे २ सय करोडमा बनेको यो चलचित्रले १५० करोडको वरिपरी नै सीमित हुने देखिएको छ । यसले चलचित्रका वितरकहरुलाई ठूलो रकम घाटा लाग्नेछ । यशराज ब्यानरले यो चलचित्र निर्माण गरेको हो । विजयकृष्ण आचार्य चलचित्रका निर्देशक हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment