Comments Add Comment

हार्ले डेभिड्सनले पहिलो विद्युतीय मोटरसाइकल ‘लाइभवायर’ ल्याउँदै

२५ कात्तिक, काठमाडौं । मोटरसाइकलका सौखिनहरुले अत्यधिक रुचाउने अमेरिकी ब्रान्ड हार्ले डेभिडसनले आफ्नो पहिलो विद्युतीय मोटरसाइकल ‘लाइभवायर’ ल्याउने भएको छ ।

सन् २०१४ मा डिजाइन गरिएको अवधारणामा आधारित विद्युतीय मोटरसाइकल २०१९ को सुरुअातमै बजारमा ल्याउन लागेको हो । कम्पनीले यसको पर्फमेन्स ‘अतुलनीय’ हुने दाबी गरेको छ ।

मोटरसाइकलले लिथियम-इयोन बेट्रीबाट उर्जा प्राप्त गर्नेछ भने लाईट हर्न डिस्प्ले आदिको लागि भने छुट्टै १२ भोल्टको बेट्री रहने छ र यसलाई घरेलु सकेट वा व्यावसायिक फास्ट चार्जर दुवैबाट चार्ज गर्न मिल्नेछ । हार्लेले आफ्नो मोटरसाइकल बेच्ने डिलरहरुमा फास्ट डिसी चार्जर जडान गर्ने पनि बताएको छ ।

त्यस्तै आल्मुनियम च्यासिस, ब्रेम्बो ब्रेक्स, एडजस्टेबल सस्पेन्सन आदि विशेषता रहने मोटरसाइकलले ‘शहरी क्षेत्रमा भरपर्दो नियन्त्रण र नागबेली बाटोहरुमा रोमाञ्चक सवारीको अनुभव दिने’ निर्माता कम्पनी हार्लेले दावी गरेको छ । अन्य विवरण सार्वजनिक गरिएको छैन ।

युवाहरुको विशेष रोजाइमा पर्ने स्टाइलिस मोटरसाइकल उत्पादन गर्ने हार्लेले लाइभवायरको डिजाइनमा पनि विशेष ध्यान दिने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment