+
+

राइनो गोल्डकप : विमल घर्तीको गोलले च्यासल क्बल सेमिफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २५ गते १८:२२

२५ कात्तिक, नवलपरासी । विमल घर्ती मगरको गोलले नै च्यासल युथ क्लब राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ ।

आइतबार काठमाडौंको एनआरटी क्लबविरुद्धको खेलमा विमल घर्ती मगरले खेलको दोस्रो हाफको १० औं मिनेटमा कर्नरबाट सुट गरेको बललाई हेड गर्दै गोलमा परिणत गरेका थिए ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा जारी राइनो संरक्षण गोल्डकप फुटबल प्रतियोगिता कात्तिक १५ गतेबाट शुरु भएको हो । प्रतियोगिताको फाइनल खेल कात्तिक २९ गते हुने छ ।

एक सिंगे गैंडाको संरक्षणका लागि सचेतनाका लागि प्रतियोगिता आयोजना गरिएको हो । आइतबारको खेलमा च्यासल युथ क्बल १–० गोल अन्तरले विजयी भएको छ ।

सोमबारको खेल एपीएफ क्लब र हिमालयन शेर्पाबीच हुने खेल सयोजक शेतमान पुनले जानकारी दिए । प्रतियोगिता नन्द भाउजु मध्यवर्ती उपभोक्ता समितिको आयोजनामा भएको हो ।

प्रतियोगितामा २ विभागीय टिम र ए डिभिजन क्लबका ६ टिमको सहभागिता रहेको छ । खेलमा प्रतियोगितामा पहिलो हुनेले ४ लाख ९९ हजार ५ सय ५५ र दोस्रो हुने टिमले २ लाख ५५ हजार ५ सय ५५ रुपैयाँ पुरस्कार पाउने छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १०, बुधबार
0 - 1
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?