Comments Add Comment

सफ्टवेयर जडान गरेर पेट्रोल पम्पमा ठगी, बाराबाट खुल्यो पोल

२६ कात्तिक, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले भारतसँगै ३ देशको राजदूत सिफारिस भएकोलाई प्राथमिकताका साथ छापेका छन् । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भारतका लागि निलाम्बर आचार्य, मलेसियाका लागि उदयराज पाण्डे र संयुक्त अरब इमिरेट्सका लागि कृष्ण ढकालको नाम सिफारिस गरेको हो । तीनवटै देशमा लामो समयदेखि राजदूत रिक्त थियो ।

निर्मला पन्तका बाबुआमा अनिश्चितकालीन धर्नामा बसेकोलाई पनि आजका पत्रपत्रिकाहरुले कभरेज गरेका छन् । प्रधानमन्त्री, गृहमन्त्रीलगायतसँग भेटेर न्यायका लागि याचना गर्दासमेत छोरीको हत्यारा पत्ता नलागेपछि उनीहरु धर्नामा बसेका हुन् ।

फेरि जुट्ने अन्तिम कसरतमा पुगिसकेका पूर्वपञ्चहरुको पार्टी राप्रपाबीचको एकता भाँडिएकोलाई पनि आजका पत्रपत्रिकाहरुले महत्त्वका साथ छापेका छन् । चुनाव चिह्न र राजसंस्थाको विषयमा विवाद भएपछि अन्तिममा आएर पूर्वपञ्चहरुको पार्टी एकता टरेको हो ।

पत्रपत्रिकाहरुकै पहिलो पृष्ठमा सफ्टवेयर जडान गरी पेट्रोलपम्पमा ठगी भएको, राष्ट्रपति निवास बढाउन प्रहरी प्रतिष्ठान सारिने भएको, नेकपाको तल्ला तहमा अझै दुई पार्टी रहेकोलगायत समाचार छापिएका छन् ।

नयाँ पत्रिका दैनिकले पेट्रोल पम्पमा सफ्टवेयर जडान गरेर भइरहेको अत्याधुनिक ठगीबारे मुख्य समाचार लेखेको छ ।

समाचार अनुसार अनुगमनका क्रममा ६ पम्पमा सिल गरिएको छ । देशभरका झण्डै १५ प्रतिशत पेट्रोल पम्पमा यस्तो धन्दा जारी रहेको आकलन गरिएको छ ।

डिस्पेन्सिङ पम्पको मदर बोर्डमा कम तेल दिँदा बढी परिमाण देखाउने सफ्टवेयर जडान गरी व्यवसायीले तेलमा ३–४ प्रतिशत ठगी गर्दै आएका छन् ।

‘एयरबस भन्छ– वाइडबडी भाडामा’ शीर्षक दिएर अन्नपूर्णले मुख्य समाचार लेखेको छ । नेपाल एयरलाइन्सले विमान निर्माता एयरबससँग वाइडबडी खरिद गरेको बताए पनि भाडामा लिएको हुनसक्ने आशंका समाचारमा गरिएको छ ।

अन्नपूर्णमै कमाइको १० प्रतिशत आमाबालाई दिनुपर्ने अर्को खबर पनि छ । सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानूनको तयारी हुन लागेको समाचारमा उल्लेख छ ।

नेपाल प्रहरीको विरासतका रुपमा रहेको प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) लाई पूर्वतयारीबिना महाराजगञ्जबाट काभ्रेको पनौती सार्ने सरकारी निर्णण्प्रति अधिकांश वरिष्ठ पूर्वप्रहरी अधिकारीले आपत्ति जनाएको कान्तिपुरले लेखेको छ । ७० वर्षभन्दा लामो इतिहास बोकेको प्रशिक्षण स्थल हटाउने सरकारको निर्णयले प्रहरीको संगठनात्मक तालिम–प्रशिक्षणमा दीर्घीकालीन असर पर्ने उनीहरुको चिन्ता रहेको कान्तिपुरको समाचारमा उल्लेख छ ।

कान्तिपुरमै रौतहटको चन्द्रपुर ४ स्थित ठाडाटोलमा सञ्चालित आईएस पोल्टी फार्मका कुखुरलाई गीत सुनाउने गरिएको रोचक समाचार पनि छ ।

राजधानीले शोधनान्तर घाटा ६ वर्षयताकै उच्च भएको, राजसंस्थाले राप्रपा एकता भाँडिएकोलगायत समाचारलाई पहिलो पृष्ठमा स्थान दिएर छापेको छ । राजनीतिक व्यवस्था र संविधान परिवर्तन भए पनि नागरिकको नजरमा मन्त्रीदेखि कर्मचारीसम्ममा नैतिकता र इमानको खडेरी उस्तै देखिएकोलाई पनि राजधानीले लेखेको छ ।

नागरिकले डलर सटहीमा कटौती गरिएकोलाई मुख्य समाचार बनाएर छापेको छ भने गोरखापत्रले छठ पहाड र मधेस जोड्ने सेतु बन्दै गएको लेखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment