+
+
Shares

बोक्सी आरोपमा महिला कुटपिट गरेको भन्दै वडासचिव पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २६ गते १०:१५

२६ कात्तिक, बुटवल । बोक्सी आरोप लगाउँदै महिलामाथि दुर्व्यवहार अभियोगमा एक वडासचिव पक्राउ परेका छन् ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका–५ का वडासचिव टीकाराम आचार्य महिलामाथि दुर्व्यवहारको आरोपमा पक्राउ परेका हुन् ।

तिलोत्तमा–४, नयाँमिल निवासी वडासचिव र उनको परिवारले बोक्सी आरोप लगाउँदै कुटपिट गरेको छिमेकी डम्बरकुमारी न्यौपानेले उजुरी गरेपछि सचिव आचार्यसँगै उनकी श्रीमती र छोरीलाई प्रहरीले पक्रेको छ ।

पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय, बुटवलमा राखिएको र जिल्ला अदालत रूपन्देहीबाट म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले जानकारी दिए ।

न्यौपानेले आफूलाई बोक्सिनी आई भन्दै ढोग्न लगाएर कुटपिट गरेको जाहेरीमा उल्लेख गरेकी छन् ।

वडासचिव आचार्यले भने आफूमाथि झूठा आरोप लगाएर फसाइएको दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?