Comments Add Comment

दोहोरो अंकले घट्यो सेयर बजार

२६ कात्तिक, काठमाडौं । धितोपत्र बजारमा आज पनि सेयरको मूल्यमा दोहोरो अङ्कको गिरावट आएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १३ दशमलव ०३ विन्दुले ओरोलो लागेर एक हजार १९२ दशमलब ७५ विन्दुमा पुगेको छ ।

प्रतिशतका आधारमा आज पनि बजार एक प्रतिशत बढीले घटेको छ ।  ‘क’ वर्गका कम्पनीको सेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ६६ विन्दुले घटेर २५३ दशमलव ४२ विन्दुमा पुगेको छ ।
नेप्से मात्रै नभइ कारोवार रकममा पनि गिरावट आएको छ । कूल १३१ कम्पनीको चार लाख ४३ हजार ३५५ कित्ता सेयर १३ करोड ३७ लाख ७९ हजार ७९६ मूल्यमा खरिद बिक्री भएको हो ।

स्टककाअनुसार आज कूल नौ उपसमूहको सेयर कारोवार भएकामा वित्त उपसमूहको सेयर मात्रै उकालो लागेको छ । सो उपुसमूहको सेयर शून्य दशमलव ४२ बिन्दुले बढेको हो ।

यस्तै बैङ्कङि १०, होटल ११ दशमलव २१, विकास बैंक ७ दशमलव ६३, जलविद्युत् १८ दशमलव ७४, निर्जीवन बिमा १०१ दशमलव ६१, अन्य ९ दशमलव दुई, माइक्रोफाइनान्स २२ दशमलव ९८ र जीवन बिमा ९१ दशमलव ९१ विन्दुले ओरालो लागेको छ ।

घटेको बजारमा नबिल इक्विटी फण्ड, ओरियन्टल होटल र नागबेली लघुवित्त वित्तीय संस्थाका सेयरधनीले कमाएका छन् ।  अपि पावर कम्पनी, आरम्भ माइक्रोफाइनान्स वित्तीय संस्था, मिर्मिरे लघुवित्त वित्तीय संस्था र युनाइटेड इन्स्योरेन्स कम्पनीका सेयरधनीले गुमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment