Comments Add Comment

पहिलो पटक नेपालमा ल्याण्डिङ भयो एयर बस ए-२२०

२७ कात्तिक, काठमाडौं । एयर बस फेमिलीको ए-२२० पहिलो पटक नेपाल भ्रमण गरेको छ । एयरबसको नयाँ अतिरिक्त व्यवसायिक एयरक्राफ्ट विश्वभ्रमणका क्रममा नेपाल आएको हो ।

ए- २२०-३०० एयरबाल्टिकलाई आइतबार र सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रदर्शन गरिएको थियो । १४५ जना यात्रु क्षमताको यसले सानो एकल-आएसल मार्केटमा उत्कृष्ट प्रदर्शन र सुविधा दिँदै आएको छ ।

एयर बस फेमिलीको यो एयरक्राफ्टले नेपालसहित चीन, टर्की र थाइल्याण्ड गरी ४ मुलुकमा डेमो भ्रमण गरेको हो । एयर बसको यो एयरक्राफ्टलाई हवाइ उडान क्षेत्रमा आरामदायक मानिन्छ । यो एयरक्राफ्ट उचाइमा रहेको काठमाडौंको हवाई अड्डाको हकमा उपयुक्त हुने कम्पनीको दाबी छ ।

यसको इन्धन क्षमता पनि उत्कृष्ट भएको कम्पनी बताउँछ । कम्पनीका अनुसार हालसम्म विश्वभरबाट यो एयरक्राफ्टको ४ सय भन्दा बढी अर्डर भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment