Comments Add Comment

दीपशिखा र अलीको ‘जाने क्या हुवा’

नायिका दीपशिखा खड्का र भारतीय मोडल अली खानको मुख्य भूमिकामा तयार भएको चलचित्र ‘प्रेमलीला’मा समावेश एक हिन्दी गीत रिलिज गरिएको छ । दुई देशको प्रेम सम्बन्धको कथा प्रस्तुत गरिएकाले पनि चलचित्रमा हिन्दी गीत समावेश गरिएको हो । ‘जाने क्या हुवा’ बोलको गीतमा दिपशिखा र अलीलाई फिचरिङ गरिएको छ ।

चलचित्रमा पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ । डाक्टर सागरको शब्द रहेको गीतमा रवि राज शाहको संगीत, राजा हसन र सौमी शैलेसको स्वर छ । चलचित्रमा मौसम खड्का, सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, अर्चना शुक्यला, ट्विंकल श्रीवास्तवको पनि मुख्य भूमिका छ ।

दीपशिखाले नै लेखेको चलचित्रलाई जनक पाण्डेले निर्देशन गरेका हुन् । नानीमैया कार्की र फैजिल फिल्मस्को चलचित्रमा लगानी छ । यो चलचित्र माघ २५ गतेबाट देशभरका हलमा रिलिज हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment