+
+
Shares

लुम्बिनीमा पहिलोपटक त्रिपिटक वाचन हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २७ गते १२:५०

२७ कात्तिक, बुटवल । गौतमबुद्ध जन्मस्थल लुम्बिनीमा पहिलोपटक बौद्ध ग्रन्थ त्रिपिटक बाचन समारोह बुधबारदेखि सुरु हुँदैछ ।

त्रिपिटक बुद्धले दिएको ज्ञान र शिक्षाको सार संग्रहित महत्वपूर्ण ग्रन्थ मानिन्छ । बौद्ध धर्ममा त्रिपिटकको बिशेष महत्व हुँदाहुँदै पनि यसबारे धेरै नेपाली अनविज्ञ रहेकाले नेपालमै पहिलोपटक लुम्बिनीमा त्रिपिटक वाचन गर्न लागिएको आयोजकले जनाएका छन् ।

अमेरिकन बुद्धिष्ट एशोसिएसन, अखिल नेपाल भिक्षु महासंघ र थाई बुद्ध बिहार लुम्बिनीको संयुक्त आयोजनामा त्रिपिटक बाचन समारोह हुँदैछ ।

कात्तिक २८ गते बिहान ७ बजेदेखि मायादेवी मन्दिरको पवित्र उद्यानभित्र त्रिपिटक बाचन गरिँदै छ । त्रिपिटक बाचनका लागि १८ देशबाट ७ सय भन्दा बढी बौद्ध भिक्षु, भिक्षुणी, उपासक, उपासिका लुम्बिनी आउने क्रम सुरु भएको अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष एवम आयोजक भिक्षु मैत्रेयले बताए ।

अपि धम्मपिटक, सुत्तपिटक, विनयपिटक लाई जोडेर त्रिपिटक नामाकरण गरिएको हो । अपि धम्मपिटक, सुत्तपिटक भगवान बुद्धकै पालामा लेखिएको र विनयपिटक दोश्रो शताब्दी ईशापूर्व सम्राट अशोकको पालामा लेखिएको बौद्ध ग्रन्थ हो ।

यसपटक लुम्बिनीमा ३ वटै पिटक संगै गौतमबुद्धले आफ्ना पिता राजा शुद्धोधनलाई धर्मदेशना -ज्ञान दिंदा) गर्दा सुनाएका बसन्त जातक सुत्र र शाक्य र कोलिय राज्यहरुका विच युद्ध हुन लाग्दा कपिलवस्तुमै युद्ध समाप्तीका लागी देशना गरेका महासमय सुत्र पनि पाठ गरिने हुनाले यो समारोह लुम्बिनीको आध्यत्मिक दर्शनका लागि अत्यन्त महत्वपूर्ण रहने आयोजक समितिका सचिव चेतन पन्तले बताए ।

त्रिपिटक पाली, देवनागरी र थाई लगायतका भाषामा वाचन गरिने छ । जसलाई सहभागी प्रत्येक देशका भिक्षुहरुले आ-आफ्नो भाषा र शैलीमा पछ्याई वाचन गर्ने छन् ।
लुम्बिनीको आध्यात्मिक विकास र पर्यटकको बसाई अवधि लम्बाउन त्रिपिटक वाचन समारोह महत्वपूर्ण हुने सचिव पन्तले बताए ।

विगत १५ वर्षदेखि भारतमा मात्र भैरहेको यो आध्यत्मिक कार्यक्रमले लुम्बिनीको आध्यात्मिक, सांस्कृतिक महत्व अझ बढाउने र बौद्धमार्गी पर्यटक आगमनमा थप टेवा पुग्ने विश्वास गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?