Comments Add Comment

अध्यात्मले मानिसलाई कसरी स्वस्थ राख्छ ?

धेरै मानिसहरु अध्यात्मलाई धर्मसँग मात्रै जोड्ने गर्छन् । र, यो बृद्ध-बृद्धाहरुको सरोकारको कुरा हो भनेर बुझ्ने गरिन्छ । तर, आध्यात्म भनेको मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिने विषय हो, जुन हरेक उमेरका व्यक्तिहरुका लागि उत्तिकै आवश्यक छ ।

आध्यात्मले हाम्रो मानसिक स्वास्थ्य र शारीरिक स्वास्थ्य दुवैलाई राम्रो राख्छ । मन र आत्मा दुवै एक अर्कासँग सम्बन्धित हुन्छन् त्यसैले यदि तपाईं अध्यात्मको सहारा लिनुहुन्छ भने तपाईंको स्वास्थ्यमा पनि सकारात्मक प्रभाव पर्छ ।

अध्यात्म एक बाटो हो जसमार्फत तपाईं आशा, विश्वास र आत्मिक शान्ति पाउन सक्नुहुन्छ । हाम्रो शरीर, दिमाग र आत्मा एकअर्कासँग जोडिएका हुन्छन् । यसैले एउटा सहि नभएमा त्यसको असर बाँकीमा पनि पर्छ । अध्यात्मले मानिसलाई एकाग्र र शान्त बनाउँछ । ध्यान र योगा गर्ने बानीले मानिसलाई स्वस्थ र निरोगी राख्छ ।

आउनुहोस् अध्यात्म र स्वास्थ्यको सम्बन्धको बारेमा जानीराखौंः

अध्यात्म र स्वास्थ्यमा सम्बन्ध

आत्मा र शारीरिक स्वास्थ्य एकअर्कासँग सम्बन्धित हुन्छन् । यसैले मानिसको स्वास्थ्य पनि एकअर्कामा निर्भर हुन्छ । अध्यात्मले हामीलाई मनको शक्ति प्रदान गर्छ ।

हामीले मानसिक रुपले आफंैलाई स्वस्थ मान्न सकेमा कुनै रोग लागिहाल्यो भने पनि त्यसलाई आफैँले जित्न सक्छौं । यसैले अध्यात्म शरीरलाई स्वस्थ राख्न धेरै उपयोगी हुन्छ ।

आयु बढ्ाउँछ

भ्याटिकन सिटीको एक चर्चले गरेको अध्ययनमा दैनिक प्रार्थना गर्ने मानिसहरु प्रार्थना नगर्नेहरुको तुलनामा धेरै जिउने तथ्य पत्ता लाग्यो ।

यो अध्ययन १७०० मानिसहरुमा गरिएको थियो । यस अध्ययनमा प्रार्थना गर्नाले मानिसको तनाव कम हुने कुरा पत्ता लाग्यो । यसले तनाव सम्बन्धि रोगहरुबाट जोगिन सकिन्छ । साथै यसले उमेर पनि बढ्छ ।

परिस्थितीसँग लड्ने शक्ति प्राप्त हुन्छ

जो मानिस आध्यात्मिक हुन्छन् उनीहरु हरेक समय कुनै शक्तिले समस्याहरु र रोगहरुबाट बँच्न मद्धत गर्ने विश्वास गर्छन् । उनीहरुको यो विश्वासले रोगबाट पैदा भएको तनाव र डिप्रेशन कम गर्छ । जसकारण उनीहरु चाँडै निको हुन्छन् र अन्य बिरामीको तुलनामा स्वस्थ हुन्छन् ।

मानसिक शान्ति प्रदान गर्छ

योग र ध्यान गर्नाले मानसिक शान्ति प्राप्त हुन्छ । मेडिटेशनको प्रक्रियामा मन्त्रको उच्चारण उपयोगी मानिन्छ । मन्त्रमा नकारात्मकतालाई टाढा भगाउने शक्ति हुन्छ भन्ने गरिन्छ ।

यसैले अध्यात्म र परमशक्तिसँग जोडिएका मन्त्रले मानिसको डिप्रेशन र तनावलाई कम गरेर शरीरलाई स्वस्थ राख्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment