Comments Add Comment

प्रदेश ३ मा मदिरा नियन्त्रण ऐन निर्माणको तयारी

२८ कात्तिक, हेटौंडा । प्रदेश ३ सरकारले मदिरा नियन्त्रण गर्न आवश्यक कानून निर्माणको लागि छलफल अघि बढाएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले मदिराजन्य वस्तुको उत्पादन, विक्री वितरण, प्रयोय र सेवनलाई व्यवस्थिन गर्न ऐन निर्माणको लागि जिल्लातहबाट सुझाव संकलन थालेको हो ।

त्यसको लागि मन्त्रालयले बुधबार हेटौंडामा मकवानपुर, चिवतवन, धादिङ, नुवाकोट र सिन्धुलीका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ ।

अन्तरक्रियामा सहभागीहरुले मदिरालाई पूर्णनिषेध भन्दा पनि बिक्री बितरणलाई ब्यवस्थित बनाईनुपर्नेमा जोड दिएका छन् ।

कार्यक्रमा मुख्यमन्त्री डोरमणि पौडेलले पहिलो चरणमा मदिरा बिक्रीको लागि बितरण गरिँदै आएको इजाजतमा कडाइ गरिने बताए ।  मदिरा नियन्त्रणलाई पूर्ण ब्यवस्थित गर्न ऐन कार्यान्वयनसँगै स्थानीयहरुको सहयोग आवश्यक रहेको उनले बताए ।

आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमरकट्टेलले दुई महिनाभित्र मदिरा नियन्त्रण सम्बन्धी ऐन निर्माण गरी कार्यान्वयन गरिने बताए । सरोकारवालाहरुसँग छलफल सकेपछि ऐन निर्माण गरी मदिराको उत्पादनेखि बिक्री र सेवनमा पनि कडाइ गरिने उनले बताए ।

प्रदेश ३ सरकारले चालु आर्थिक वर्ष ०७५/७६ को नीति तथा कार्यक्रममा मदिराजन्य वस्तुको उत्पाद, बिक्री वितरण तथा सेवनमा नियन्त्रण गर्ने उल्लेख छ ।

कार्यक्रममा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राजकुमार श्रेष्ठले मदिरा र मदिराको असर, मदिराको नकरात्मक असर, मदिरासँग सम्बन्धित विद्यमान ऐन, कानून, राष्ट्रिय मदिरा नियमन तथा नियन्त्रण नीति २०७३ जस्ता विषयहरुमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment