Comments Add Comment

टि–ट्वान्टी महिला विश्वकपः श्रीलंकासँग बंगलादेश पराजित

२९ कात्तिक, काठमाडौं । टि–ट्वान्टी महिला विश्वकप क्रिकेटको समूह ए मा रहेको श्रीलंकाले बंगलादेशलाई पराजित गर्दै पहिलो जित निकालेको छ ।

वेष्ट इन्डिजमा जारी विश्वकप क्रिकेटमा बुधबार राति भएको खेलमा श्रीलंकाले बंगलादेशलाई २५ रनले हराएको हो । यो श्रीलंकाको पहिलो जित हो । यसअघि श्रीलंकाले १ खेलमा पराजित र १ खेलमा भने वर्षाको कारण अंक बाँडेको थियो ।

९८ रनको सामान्य चुनौती पछ्याउँदै ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा ७२ रन मात्रै बनाउन सक्यो । निगर सुल्तानले २० रन बनाएकी थिइन् ।

यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९७ रन बनाएको थियो । श्रीलंकाका लागि शशिकला शिरिवार्दनेले ३१, दिलानी मनोदराले १६ रनको योगदान दिएकी थिइन् ।

श्रीलंकासँग पराजित हुदै बंगलादेश भने विश्वकपबाट बाहिरिएको छ । ३ खेलमा सबै खेल पराजित भएको बंगलादेश एक खेल खेल्नु अघि नै विश्वकपबाट बाहिरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment