+

शरीरमा हर्मोनको गडबडीः पिसाबमा संक्रमणदेखि क्यान्सरसम्म

२०७५ कात्तिक  २९ गते ९:४२ २०७५ कात्तिक २९ गते ९:४२
शरीरमा हर्मोनको गडबडीः पिसाबमा संक्रमणदेखि क्यान्सरसम्म

शरीरलाई चलायमान बनाउन हर्मोन जरुरी छ । हर्मोले शरीरमा सन्देशबाहकको रुपमा काम गर्छ । इन्डोक्राइन ग्रन्थीबाट उत्पादन हुने हर्मोन एक किसिमको केमिकल्स हो, जसले एउटा कोशिकाबाट अर्को कोशिकासम्म सिग्नल पुर्‍याउने गर्छ । यसले शरीरको विकासलाई प्रभावित पार्नुका साथै नर्वस सिस्टमको गतिविधिलाई समेत नियन्त्रित गर्छ ।

मेटाबोलिज्म, प्रजनन क्षमता , मुड, वजन, पाचन तन्त्र, मस्तिष्क तथा भावनालाई समेत असर गर्छ । हर्मोनको उत्पादनमा असन्तुलन कायम भएमा शरीरको पूरै सिस्टम विग्रने भएकाले शरीरलाई स्वस्थ राख्न पनि हर्मोनको सुन्तलन कायम गर्न जरुरी छ ।

हर्मोनको असन्तुलन ?

शरीरमा हर्मोन बढी हुनु वा कम हुनुलाई नै हर्मोनको असन्तुलन भनिन्छ । व्यस्त जीवनशैली, गलत खानपान तथ तनावका कारण हर्मोनको गडबडीको समस्या तिव्र गतिमा बढीरहेको छ ।

उमेर तथा विशेष परिस्थितिका कारण  शरीरमा हर्मोनको उत्पादनमा थोरै तलमाथि हुनु सामान्य हो । तर शरीरमा असामान्य तरीकाले हर्मोनको उत्पादन कम वा बढी हुनुले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याउन सक्छ । त्यसैले चिन्ताको विषय हो यो । किनकी हर्मोनको असन्तुलन तथा गडबडीले कुनै पनि उमेरमा शरीरलाई प्रभावित पार्न सक्छ । शरीरमा एक पटक हर्मोनको गडबडी भएमा यसले पूरै जिवनमा उथलपुथल ल्याउन सक्छ ।

खानपानको गडबडी

अल्का अस्पतालका इन्डोक्राइनोलोजिस्ट डा. अंशुमली जोशीका अनुसार अहिले जुन किसिमको जीवनशैली अपनाईरहेका छन् र, जुन तरीकाको खानपान गरिरहेका छन्, यसले हर्मोनको गडबडी हुने सम्भावनालाई अझ उच्च बनाउँछ । उनी भन्छन्, ‘अहिले हामी जुन किसिमको जीवन बाचिरहेका छौ, जसरी खानपिन गरिसकेका छौ, यसले जीवनमा कुनै न कुनै बेला अवश्य पनि हर्मोनको समस्या निम्त्याउँन सक्छ । र, यसलाई नियन्त्रण गर्ने एक मात्र उपाय भनेकै खानपिन र जीवनशैलीमा सुधार ल्याउनु हो ।’

जंकफुड, चिल्लो तथा बोसोयुक्त खानपान , गुलियो पेय पदार्थ लगायतका कारण पनि मानिसमा मोटोपना, मधुमेह, उच्च रक्तचाप, पोलिसिस्टिक ओभरी सिन्ड्र्रोम लगायतका समस्या निम्तने गरेको हुदाँ यस्ता खानेकुरा कम खानु पर्ने उनको सुझाव छ ।

कुन अवस्थामा हुन्छ, हर्मोनको असन्तुलन ?

विभिन्न अनुसन्धानले जनाए अनुसार मानसिक स्वास्थ्य र हर्मोनको असन्तुलनबीच गहिरो सम्बन्ध हुन्छ ।  कुनै व्यक्तिलाई  मानसिक समस्या हुनुमा मस्तिष्क कारक नभई हर्मोनको असन्तुलन मुख्य कारक हुनसक्छ । विभिन्न साइकोलोजिकल अध्ययनहरुले पनि यो निष्कर्ष दिएको छ कि हर्मोनको स्तरमा बदलाव हुनु भनेको केही विशेष किसिमको मानसिक समस्याका कारण बन्न सक्छ ।

उदाहरणको लागि किशोरावस्था । किशोरावस्था किशोरकिशोरीहरुका लागि संवेदनशील अवस्था हो । यस अवस्थामा किशोरकिशोरीहरुमो मनमा नानाथरी कुरा खेल्छ । उनीहरुको मुड बेलाबेलामा बदलिने गर्छ । जसले गर्दा उनीहरुमा चिडचिडापन हुने गर्छ । कहिलेकाही यही चिडचिडापनका कारण उनीहरु कुलतमा फस्ने गर्छन् ।

मनोविद्हरुका अनुसार कुनै–कुनै किशोरकिशोरीहरुमा किशोरावस्थामा हुने यस्तो लक्षण जिवनभर रहने गर्छ । यो लक्षण मुड हर्मोनको कारण देखिने गर्छ ।  जसका कारण महिनावारीको समयमा महिलाहरुमा मानसिक उथलपुथल देखिने गर्छ । र, यो समस्याको पछाडी न्युटि्रसन, हर्मोनको असन्तुलन, आणुवंशिक लगायतका थुप्रै कारण हुनसक्छ ।

शोधकर्ताहरुका अनुसार गर्भावस्थाका कारण पनि हर्मोन सम्बन्धि गडबडी हुने गर्छ । हर्मोन सम्बन्धि गडबडीकै कारण कतिपय महिला  गर्भावस्थामै डिप्रेश हुने गर्छन् भने कतिपय सुत्केरी अवस्थामा पोस्ट पार्टम डिप्रेशनको शिकार हुने गर्छन् ।

मनोविद्हरुका अनुसार अहिले यो समस्या महिलाहरुमाझ आम बन्दै गएको छ । तथापी, गर्भावस्था पछि हुने डिप्रेसनको समस्या भयावह बन्दै गएको छ । किनकी शिशुको जन्म पश्चात्त महिलाहरु शारीरीक, मानसिक तथा सामाजिक बदलावका कारण डिप्रेशनमा पर्ने गर्छन् । उनीहरुको मनभित्र तथा बाहिर विभिन्न किसिमको उथलपुथल हुने गर्छ । जसले गर्दा प्रभावित हर्मोल अझ बढी प्रभावित हुने गर्छ ।

रजनोवृत्ति चालीस देखि पचासको दशकमा सुरु हुन थाल्छ । पौष्टिक तत्वको कमी, अत्याधिक तनाव तथा विगि्रएको जीवनशैलीका कारण शरीरमा जुन किसिमको हर्मोनको असन्तुलन हुने गर्छ, त्यसले गर्दा आजकल समय अगावै रजनोवृत्ति हुन्छ ।

अनियमित महिनावरी तथा ४५ देखि ५० को उमेरभन्दा पहलिको रजनोवृत्ति दुवैमा ओभरियन सिन्ड्रोमको समस्या लुकेको हुन्छ ।

किनकी शरीरमा एस्ट्रोजन र प्रोजेस्टेरोन नाम हर्मोनको कमीले शारीरी तथा मानसिक स्थितिमा बदलाव आउने गर्छ । तर जब रजनोवृत्ति ३० देखि ४० वर्षको बीचमा हुने गर्छ, तब स्वभाविक रुपमा व्यक्तिमा चिन्ता र डर छाउने गर्छ । विशषगरी, महिलाहरु बूढो देखिने भयले पनि डर, तनाव र चिन्तामा रहने गर्छन् ।

हर्मोनको असन्तुलन भएमा के हुन्छ खतरा ?

प्रभावकारी उपचारको अभावमा शरीरमा हर्मोनको असन्तुलन भएमा शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्दछ । उदाहरणको लागि मधुमेह, उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, मुटु रोग, मोटोपना, ओस्टियोपोरोसिस, गर्भावस्था तथा स्तनको क्यान्सर, डिप्रेसन इत्यादी । त्यस्तै, हर्मोनकै असन्तुलनका कारण पोलिसिस्टिक ओभरी सिन्ड्रोम भएमा बाझोपना, गर्भपतन, जेस्टेशनल डायविटिज, माटोपना हुनसक्छ ।

जीवनका लागि उपयोगी हर्मोन

कार्टिसोल

एडि्रनल ग्रन्थीमा पाइने एक महत्वपूर्ण हर्मोन हो, कार्टिसोल । यो हर्मोनको कमी भएमा निद्रा लाग्ने, चक्कर आउने, नङ टुक्रने, रगतमा चिनीको मात्रा बढ्ने, तौल बढ्ने लगायतका समस्या देखिने गर्छ ।

थाइराइड

थाइराइड ग्रन्थीले थाइराईड हर्मोनको उत्पादन गर्छ । जसले शरीरको उर्जाको प्रयोगको कार्यविधिलाई प्रभाविभत पार्ने गर्छ । शरीरमा थाइराइड हर्मोनको कमी भएमा डिप्रेसनको समस्या, ढिलासुस्ती, कब्जियत, छालाको सुख्खापना, ज्यादा निद्रा लाग्ने तथा कपाल झर्ने समस्या हुन सक्छ ।

एस्ट्रोजन

शरीरमा एस्ट्रोजनको स्तरमा गडबडी भएमा मुटु रोग, मुत्रासयमा संक्रमण, डिप्रेसन, क्यान्सर, माइग्रेन, मोटोपना तथा पित्तासय सम्बन्धि समस्या उत्पन्न हुने गर्छ ।

प्रोजेस्टेरोन

शरीरमा प्रोजेस्टेरोन नामक हर्मानको कमी भएमा अनिद्राको समस्या, स्तन दुख्ने, तौल बढ्ने, टाउको दुख्ने, तनाव तथा बाझोपना जस्ता समस्या हुने गर्छ ।

टेस्टेस्टेरोन

टेस्टेस्टेरोन हर्मोनलाई पुरुष हर्मोन पनि भन्ने गरिन्छ । महिलाको शरीरले यो हर्मोन बढी उत्पादन गरेमा पिम्पल्स आउने, हात, खुट्टा तथा अनुसारमा रौ पलाउने, अत्याधिक मात्रामा कपाल झर्ने, बाझोपना हुने लगायतको समस्या निम्तने गर्छ ।

इन्सुलिन

शरीरमा इन्सुलिनको कमी भएमा मधुमेह, थकान, अनिद्रा, स्मरण शक्ति कमजोर हुने, तिव्र गतिमा तौल बढ्न लगायतको समस्या निम्तन सक्छ ।

कसरी बनाउने सन्तुलन ?

हर्मोन सम्बन्धि समस्याबाट टाढा रहन सबैभन्दा पहिले तनाव कम गर्नु पर्छ । प्रकृतिसित जोडिनु पर्छ । खानपान तथा जीवनशैली सुर्धानुपर्छ । नियमित व्यायाम गर्नुपर्छ । अनावश्यक तनाव पाल्नु हुँदैन । गहिरो निद्रा सुत्नु पर्छ । पर्याप्त मात्रामा पानी पिउनु पर्छ । फास्टफुड तथा जंकफुड खानु हुँदैन । पौष्टिक तत्वयुक्त आहार सेवन गर्नु पर्छ । विहान, दिउसो र बेलुकीको खाना क्यालोरी मिलाएर खानुपर्छ । खानामा हरियो साजसब्जी, फलफुल तथा सलादको मात्रालाई बढाएर भात, च्याख्ला लगायतका अन्नलाई कम गर्नुपर्छ । अर्गानिक खाने कोशिश गर्नु पर्छ ।

त्यसबाहेक पनि,

-हासीखुशी रहनुपर्छ । किनकी यसले फिल गुड हर्मोन उत्पादन गर्छ ।

-नकारात्मक सोच त्याग्नु पर्छ ।

-र, सबैभित्र राम्रो व्यवहार गर्नु पर्छ । यसले हर्मोनका साथै सम्पूर्ण जीवनलाई नै सन्तुलनमा राख्न मद्दत गर्छ ।

हर्मोन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

दशैंमा सन्तुलित खानपान नगरे पेटमा निम्तिन्छ समस्या (भिडियो)

दशैंमा सन्तुलित खानपान नगरे पेटमा निम्तिन्छ समस्या (भिडियो)

बच्चालाई कस्तो अवस्थामा लगाउने टिटानस खोप ?  

बच्चालाई कस्तो अवस्थामा लगाउने टिटानस खोप ?  

तातो तेलले पोले तुरुन्तै के गर्ने ?

तातो तेलले पोले तुरुन्तै के गर्ने ?

निरोगी खसी-बोका कसरी छान्ने ?

निरोगी खसी-बोका कसरी छान्ने ?

उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल र तनावमध्ये कुनमा हृदयघातको जोखिम धेरै ?

उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल र तनावमध्ये कुनमा हृदयघातको जोखिम धेरै ?

दशैंमा मासु खाँदा अपनाउनुपर्ने सावधानी

दशैंमा मासु खाँदा अपनाउनुपर्ने सावधानी