+

उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल र तनावमध्ये कुनमा हृदयघातको जोखिम धेरै ?

२०८१ असोज  २१ गते १४:३४ २०८१ असोज २१ गते १४:३४
उच्च रक्तचाप, मधुमेह, कोलेस्टेरोल र तनावमध्ये कुनमा हृदयघातको जोखिम धेरै ?

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा सबैभन्दा बढी मृत्यु मुटुरोगका कारण हुने गरेको छ । हरेक वर्ष करिब एक करोड ८० लाख मानिसले हृदयघात वा स्ट्रोकका कारण ज्यान गुमाइरहेका छन् ।

यसका पछाडि धेरै कारण छन् । हृदयघातको जोखिम कारकहरूमा धुम्रपान, उच्च रक्तचाप, उच्च कोलेस्टेरोल, मधुमेह, मोटोपन, निष्क्रिय जीवनशैली, हृदयरोगको पारिवारिक इतिहास र बढ्दो उमेर हुन् । जसमा उच्च रक्तचाप, मधुमेह, उच्च कोलेस्टेरोल र तनाव मुख्य कारण हुन् ।

उच्च रक्तचाप

उच्च रक्तचाप हृदयघातको प्रमुख कारण हो । जब रक्तचाप बढ्छ, मुटुले रगत पम्प गर्न कडा मेहनत गर्नुपर्छ, जसले मुटुको मांसपेशीमा दबाब बढाउँछ । यसले धमनीमा दरार आउन सक्छ र रक्तनलीहरू खुम्चिन सक्छन्, जसले हृदयघातको जोखिम बढाउँछ ।

कोलेस्टेरोल

हृदयघातको सबैभन्दा ठूलो कारण उच्च कोलेस्टेरोल हो । कोलेस्टेरोलले खतराको तह नघाघ्दासम्म कुनै लक्षण देखिंदैन । कोलेस्टेरोल रक्तनलीमा जम्मा भएर साँघुरो हुन्छ, जसले मुटुमा रगतको आपूर्ति घटाउँछ । यसले मुटुमा अक्सिजन र पोषक तत्त्वको कमी हुन सक्छ, जसले हृदयघातको जोखिम बढाउँछ ।

तनाव

तनावले पनि हृदयघातको जोखिम बढाउँछ । जब तनाव हुन्छ, शरीरमा एड्रेनालाइन र कोर्टिसोल जस्ता हर्मोनको स्तर बढ्छ, जसले रक्तचाप र हृदय गति बढाउँछ । यसले मुटुमा दबाब बढाउँछ र हृदयघातको जोखिम बढ्छ ।

मधुमेह

अनियन्त्रित मधुमेहले समयसँगै रक्तनलीलाई हानि पुर्‍याउन सक्छ । फलस्वरूप, मस्तिष्कका रक्तनलीहरू अवरुद्ध हुन्छन् । जसकारण हृदयरोग वा स्ट्रोकको सम्भावना बढ्छ ।

हृदयघात हुने चार कारणमध्ये कुन सबैभन्दा खतरनाक ?

यी चार कारणमध्ये उच्च रक्तचापले हृदयघातको जोखिम सबैभन्दा धेरै बढाउँछ । उच्च रक्तचापले धमनीहरूमा असर गरेर रक्तनलीहरु साँघुरो बनाउन सक्ने भएकाले हृदयघातको जोखिम बढाउँछ । यद्यपि, उच्च कोलेस्टेरोल पनि खतरनाक छ किनभने यो पत्ता लगाउन समय लाग्छ । धेरै अवस्थामा यो हृदयघात नभएसम्म पत्ता लाग्दैन ।

विशेषगरी युवाहरूमा उच्च रक्तचाप र कोलेस्टेरोल ‘साइलेन्ट’ किसिमको हुन्छ । धेरै लक्षण देखा पर्दैन । लामो समयसम्म पत्ता लाग्दैन र एक्कासि हृदयघात हुनसक्छ । त्यसैले युवाहरूले यी समस्याको लक्षणलाई विशेष ध्यान दिन जरुरी छ ।

हृदयाघातको जोखिम कम गर्न यी चार कारणलाई नियन्त्रण गर्नु महत्त्वपूर्ण छ । साथै गलत खानपान र जीवनशैलीमा पनि नियन्त्रण गर्नुपर्छ ।

डा. अभिषेक ठाकुर हृदयघात

धेरै कमेन्ट गरिएका

डा. अभिषेक ठाकुर
लेखक
डा. अभिषेक ठाकुर
मुटुरोग विशेषज्ञ

डा. ठाकुर मुटुरोग विशेषज्ञ हुन् । उनी काठमाडौंको बल्खुस्थित बयोधा अस्पतालमा कार्यरत छन् । ठाकुरको मेडिकल काउन्सिल तर्दा नम्बर १३०५८ हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

अहिलेका पाठ्यक्रमले बालबालिकालाई सजाय दिन्छ, खुशी हुन सिकाउँदैन

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

खानेकुरामा मिठास भर्ने ‘कर्न सिरप’ कति स्वस्थकर ?

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

यी पाँच कुरा, जसले मस्तिष्कको कार्य-क्षमता बढाउँछ

क्वारेन्टिनकै अगाडिबाट यातनापूर्वक पशु ढुवानी

क्वारेन्टिनकै अगाडिबाट यातनापूर्वक पशु ढुवानी

दशैं बिदामा काठमाडौंका अस्पतालले कसरी दिनेछन् सेवा ?

दशैं बिदामा काठमाडौंका अस्पतालले कसरी दिनेछन् सेवा ?

दशैंमा सन्तुलित खानपान नगरे पेटमा निम्तिन्छ समस्या (भिडियो)

दशैंमा सन्तुलित खानपान नगरे पेटमा निम्तिन्छ समस्या (भिडियो)