Comments Add Comment

छोराछोरीको यस्तो आनीबानीमा शंका गरौं, चुरोटको लतमा पो फस्दै छ कि ?

अहिले थुप्रै अभिभावकको लागि टाउको दुखाईको विषय हो, छोराछोरी  दुर्व्यसनमा फस्छ कि भन्ने । छोराछोरीको भविष्यले भन्दा दुर्व्यसनको भयले आमाबुबालाई पिरोलेको छ ।

आफ्नो भविष्य सम्झेर हुर्काइरहेका छोराछोरीलाई लागुऔषध पूर्नस्थापना केन्द्र पठाउनुपर्ने वाध्यताबाट हजारौं आमाबुवा गुज्रिरहेका छन् । कतिका छोराछोरी कारागारमा बन्दी छन् । यस्तो अवस्थामा आमाबुवाले खाने हरेक गाँसमा सन्तोष मिल्दैन । हरेक चाडपर्व, उत्सव आदिमा रमाइलो गर्न सक्दैनन् । भनौं, छोराछोरी  दुर्व्यसनी हुनु भनेको आमाबुवाको निम्ती जीवनभरको पीडामा डुब्नु हो ।

आज विश्वले लागुऔषधबाट छुटकारा दिलाउनका लागि अर्बौं रुपैयाँ खर्चिरहेको छ । तैपनि लागुऔषधका कारोबारी र  दुर्व्यसनी घटेका छैनन् ।

अहिलेको पुस्तामा दूव्र्यसनी डरलाग्दो घाउ बनेको छ । जानेर वा नजानेर कलिला उमेरका किशोरकिशोरी यसमा फस्दैछन् । अर्को डरलाग्दो कुरा त के भने, यसबाट उनीहरु सजिलै उम्कन सक्दैनन् । जब लत लाग्छ, जीवन, घरपरिवार, भविष्य, करियर भन्दा ठूलो कुरा उनीहरुलाई त्यही लागुऔषध लाग्न थाल्छ । अतः लागुऔषधको खातिर उनीहरु जस्तोसुकै हर्कत गर्न पनि पछि पर्दैनन् ।

लागु औषधको लतमा उनीहरु कसरी पुग्छन् ?

यसको केहि क्रम हुन्छ । धुमपान वा मद्यपान पनि यसैको एउटा सिंढी हो, जहाँबाट उनीहरु उक्लदै लागु औषधसम्म पुग्छन् । जब लागु औषधको दूव्र्यसनी बन्छन्, जीवन र भविष्य अँध्यारो बन्छ ।

छोराछोरीलाई मद्यपान, धुमपानको बानी बसाउन दिनै हुन्न । छोराछोरीले लुकीछिपी चुरोट तान्ने, रक्सी पिउने गर्छन् । यही चरणमा उनीहरुलाई रोक्न सकेमा बढी प्रभावकारी हुन्छ । तर, कतिपय अभिभावकले आफ्ना छोराछोरीको यस्तो लतबारे भेउ नै पाउँदैनन् ।

जब छोराछोरी धुमपान, मद्यपान खान थाल्छन्, उनीहरुको आनीबानी अलि अस्वभाविक हुन थाल्छ । यही आनीबानी हामीले थाहा पाउनुपर्छ ।

बारबार परफ्यूम लगाउनु

बालबालिका तथा किशोरकिशोरी परफ्यूमको प्रयोग गर्न त्यती रुचाउँदैनन् । तर, जब उनीहरु हरक्षणे परफ्युमको प्रयोग गर्छन् भने त्यसबेला उनीहरुमाथि शंका गर्न जरुरी छ । किनकी किशोरावस्थामा उनीहरुले प्राय धुमपानको गन्ध लुकाउन परफ्युमको प्रयोग गर्दछन् ।

जुनसुकै बेला चुइगम चपाउनु

चुइगम चपाउनु सामान्य हो । चुइगम सबैले चपाउँछन् । कसैले सौखको रुपमा चपाउँछन् त कसैले मुखको गन्ध हटाउन चुइगमको सेवन गर्छन् ।

तर किशोरावस्थामा यदी किशोरकिशोरीहरुले जतिखेर पनि चुइगम चपाउँछन् भने चाहीँ बुझ्नुपर्छ कि उनीहरु धुमपानको गन्ध लुकाउन चुइगम चपाइरहेका छन् ।

अभिभावकलाई बेवास्ता गर्नु

त्यतिमात्र हैन, यदी यदी बालबालिकाको मुड स्वीङ भैरहेको छ वा बेलाबेलामा मुड बदलिन्छ भने पनि बुझ्नुस् की उनीहरु धुमपानको कुलतमा फसिसकेका छन् । किनकी धुपमान गरेमा मस्तिष्क खुम्चिने गर्छ । जसले गर्दा व्यक्तिको सोच्ने तथा सम्भिmने क्षमतामा कमी आउनुका साथै मानिसको मुड समेत बदलिने गर्छ ।

परिणामस्वरुप, उनीहरु भीडभाडमा जान डराउँछन् । साथै, एक्लै समय विताउँछन् ।

पकेट मनीको लागि झगडा गर्नु

अभिभावकसित बारम्बार पैसा माग्नु पनि धुमपान गर्नुको संकेत हुनसक्छ । किनकी किशोरकिशोरीहरु साथीको जमातमा आफूलाई राम्रो देखाउन पनि विभिन्न सौख पाल्दछन् । जसमध्य महँगो चुरोट पिउनु पनि एक हो । त्यसैले, यदी तपाईको बच्चा ज्यादा पकेट मनीको माग गर्छ भने बुझ्नुस् की उ धुमपानको अधिन छ ।

किशोरीहरुले गाढा लिपस्टिकको प्रयोग गर्नु

लिपस्टिक भनेपछि महिलाहरु भुतुक्कै हुन्छन् । तर यदी कुनै महिलाले ओठको कालो लुकाउन तथा धुमपानको गन्ध हटाउन गाढा रङको लिपस्टिकको प्रयोग गर्छन् भने बुझ्नुस्, ऊ धुमपानको कुलतमा छ । किनकी निकोटिनको सेवनका कारण धुमपान गर्ने मानिसको ओठ प्रायः कालो हुने गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment