+
+
WC Series
कर्णाली याक्स 2025
0/0
VS
जनकपुर बोल्ट्स 2025
0/0
Shares

लक्ष्मी लघुवित्तको अध्यक्षमा लिम्बु

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १५:१८

२९ कात्तिक, काठमाडौं । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिका अध्यक्षमा जिवन प्रकाश लिम्बु (थेवे) चयन भएका छन् ।

यस अघि लक्ष्मी बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाह लघुवित्तको अध्यक्ष थिए ।

शाह बैंकको सीईओ भए पछि सञ्चालक समितिको पदमा बहाल रहन नमिल्ने नीतिगत ब्यवस्था बमोजिम अध्यक्षमा लिम्बुलाई चयन गरिएको हो ।

अध्यक्ष (थेवे) ले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरी कार्यभार समेत सम्हालिसकेका छन् ।

यसै गरी लक्ष्मी बैंकबाट प्रतिनिधित्व हुने गरी अजय विक्रम शाहको बदलामा अमित शर्मा र चाँदनी झाकाे ठाउँमा अनिता उपाध्यायलाई लक्ष्मी बैंकले सञ्चालक समितिमा मनोनयन पनि गरेको छ ।

लक्ष्मी लघुवित्त, लक्ष्मी बैंक लिमिटेडको सहायक कम्पनी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?