Comments Add Comment

नेपाल ट्रष्टको नाममा ७१ रोपनी जग्गा थपियो

२९ कात्तिक, काठमाडौं । सरकारले तत्कालीन राजा वीरेन्द्रसहित उनको परिवारका सदस्यहरुको नाममा रहेको ७१ रोपनी जग्गा नेपाल ट्रष्टको नाममा ल्याएको छ ।

मन्त्रिपरिषद् बैठकले तत्कालीन राजा वीरेन्द्र र उनको परिवारको नाममा देशका विभिन्न ठाउँमा रहेको करिब ७१ रोपनी जग्गा नेपाल ट्रष्ट मातहतमा ल्याएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

राजा वीरेन्द्रको नाममा रहेको काठमाडौं महानगरपालिका ३१ कमलादीस्थित १४ आना घर/जग्गा, गोकर्णराज निकुञ्ज वन कम्पाउण्डभन्दा बाहिर रहेको ७० रोपनी ९ आना जग्गा र भक्तपुर जिल्ला मध्यपुर ठीमी (साविकको निलबराही, बोडे वडा नम्बर ९) मा रहेको ३ आना जग्गा नेपाल ट्रष्टको नाममा कायम गरिएको उनले जानकारी दिए ।

यसैगरी, आइतबारको मन्त्रिपरिषद बैठकले बूढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनर्स्थापना इकाइको कार्यावधि एक वर्ष थप्ने निर्णय पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment