२९ कात्तिक, काठमाडौं । १८ वर्षमुनिका खेलाडी किनेको भन्दै इंग्लिस क्लब चेल्सीमाथि दुई वर्षको लागि खेलाडी अनुबन्ध गर्न प्रतिबन्ध लाग्ने खतरा बढेको छ ।
विश्व फुटबल महासंघ फिफाको नियम विपरीत विदेशी १८ वर्षमुनिको खेलाडीलाई किनेको आरोप चेल्सीलाई लागेको छ ।
चेल्सीमा २०१४ देखि ०१७ सम्म रहेका बेरट्रान्ड ट्राओरेसहित अरु १४ जना १८ वर्षमुनिका खेलाडी किनेको ‘फुटबल लिक्स’ मा आधारित भएर फ्रेन्च वेवसाइट मिडियापार्टले दाबी गरेको छ ।
विभिन्न चार पटक चेल्सीले त्यसरी १८ वर्षमुनिका विदेशी खेलाडी किनेको अनुसन्धानपछि फिफाले दुई वर्षका लागि खेलाडी किनबेचमा प्रतिबन्ध लगाउन लागेको मिडियापार्टको दाबी छ । साथै चेल्सीलाई ४५ हजार पाउण्ड जरिवाना पनि गराउन खोजिएको उल्लेख छ ।
दाबीपछि चेल्सीले सबै काम फिफाको नियममा रहेर समझदारीमा नै गरिएको जनाएको छ ।
फिफाले पनि अनुसन्धान जारी रहेको र अहिलेसम्म कुनै निर्णय नभएको उल्लेख गरेको छ ।
प्रतिक्रिया 4