+
+
Shares

देउसीभैलोबाट संकलन भएको रकम मिर्गौला पीडितलाई

अनलाइनखबर अनलाइनखबर
२०७५ कात्तिक २९ गते १८:५१

२९ कात्तिक, काठमाडौं । रोजगारीका लागि साउदी अरबमा रहेका नेपालीहरुले देउसीभैलोबाट संकलित रकम मिर्गौला पीडितलाई सहयोग गर्ने जनाएका छन् ।

जिफन्ट सहयोग समूह ‘साउदी अरब’ को पहलमा भएको देउसी भैलोबाट संकलित रकम उनीहरुले बागलुङ मेसीखोला गाउँपालिका-६ का मिर्गौला पीडित दीपक घर्तिमगरलाई सहयोग गर्ने जनाएका हुन् ।

देउसी भैलोबाट २६ हजार ७ सय (८६० रुपैयाँ साउदी रियाल) रुपैयाँ संकलन भएको जिफन्ट सहयोग समूह ‘साउदी अरब’का केन्द्रीय सदस्य रोशन राजभण्डारीले जानकारी दिए ।

लामो समयदेखि मिर्गौला पीडित घर्तिमगरको हाल नेपालमै उपचार भइरहेको उनले बताए । जिफन्ट सहयोग समूह ‘साउदी अरब’ ले साउदीको कतिफ र जुबेलमा देउसीभैलो खेलेर उक्त रकम संकलन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?