Comments Add Comment

बालबालिकालाई ध्यान गर्न सिकाउनुस्, तनावबाट राख्छ टाढा

तनाव र चिन्ता वयष्क मानिसहरुलाई मात्रै हुन्छ भन्ने धेरैको सोच हुन्छ । हामी पनि सोच्छौं बच्चालाई त तनाव चिन्ता केही पनि हुँदैन । तर, हाम्रो यस्तो सोच गलत छ किनभने आजभोली बच्चाहरुपनि देखि नै तनाव र चिन्तामा रहने गर्छन् ।

सानै उमेरमा बढाईको बोझले उनीहरुको बाल मस्तिस्कमा तनाव पैदा गर्छ । गृहकार्यको चिन्ता, परिक्षाको तनाव, सफल हुने दवाव, स्कुल तथा ट्यूसनमा प्रतिस्पर्धा लगायतका कारण उनीहरुमा सुरु देखि नै मानसिक दवाब पर्ने गर्छ ।

जसले गर्दा उनीहरु सधैभरी तनावमा रहने गर्छन् । जब बच्चामा तनाव हुने गर्छ, उनीहरुको शारीरिक तथा मानसिक विकासमा अवरोध पुग्छ । उक्त अवरोध कम गर्न पनि बालबालिकालाई तनाव र मानसिक समस्याबाट सुरुबाटै टाढा राख्नु पर्छ ।

तनावले बालबालिकाको बालबालिकाको वृद्धिविकासमा अल्पकालिन रुपमा त अवरोध पुग्छ नै दीर्घकालीन रुपमा पनि उनीहरुमा मानसिक समस्या उत्पन्न हुनसक्छ ।

बालबालिकालाई विभिन्न किसिमको तनावबाट टाढा राख्ने एक मात्र प्रभावकारी उपाय भनेको ‘ध्यान गर्न’ सिकाउनु हो ।

के हो ध्यान ?

ध्यान एक प्रकारको कि्रया हो जसमार्फत व्यक्तिले आˆनो मनलाई चेतनाको एक विशेष अवस्थामा लैजाने प्रयास गर्छ । ध्यान गर्नाले तन र मनलाई शुद्ध राख्छ । नकारात्मक सोचबाट मनको शुद्धिकरण गर्छ ।

यसले धैर्यधारण गर्न तथा एकाग्र हुन सिकाउँछ । नियमित रुपमा ध्यान गर्नाले मन शान्त हुनुका साथै शरीरलाई उर्जा प्राप्त हुन्छ । साथै, यसले जीवनमा सकारात्मक सोच तथा खुशीको प्रवाह गर्छ ।

ध्यान गर्नाले तनाव तथा डिप्रेसनको समस्या कम हुने गर्छ । अल्जाइमर, मधुमेह, उच्च रक्तचाप, लगायको समस्यासित लड्न सहायता प्रदान गर्छ । नकारात्मक सोच तथा कुलतबाट मुक्ति प्राप्त हुन्छ ।

शरीरमा कार्टिसोल हर्मोन सहि मात्रामा प्रवाह हुन्छ, जसले गर्दा दिमाग शान्त रहन्छ र तनाव तथा मानसिक समस्या कम हुने गर्छ ।

त्यतिमात्र हैन, ध्यान गर्नाले स्मरण शक्ति तेजिलो हुन्छ । चिन्ताबाट छुटकारा मिल्छ । आत्मज्ञान प्राप्त हुन्छ । सकारात्मक सोच पैदा हुन्छ । तर, त्यसको लागि सही तरिकाले ध्यान गर्न जरुरी छ ।

ध्यान कसरी गर्ने ?

ध्यान गर्ने विभिन्न विधिहरु छन् । ती विधि व्यक्ति अनुसार फरक पर्न सक्छ । विशेषगरी बालबालिकालाई ध्यान गर्न सिकाउन सरल विधि अपनाउनु पर्छ ।

बालबालिकालाई ध्यान गर्न सिकाउने उपर्युक्त स्थान नजिकैको पार्क वा शान्त वातावरण हुनसक्छ । जहाँ उनीहरुले आˆनो मन तथा मस्तिष्कलाई ध्यानमा केन्दि्रत गर्न सक्दछन् ।

जब ध्यान गर्न सुरु गरिन्छ, तब सबैभन्दा पहिले पलेटी कसेर बस्नु पर्छ । र, बालबालिकालाई पनि त्यसैगरी बस्न सिकाउनु पर्छ ।

त्यसपछि बच्चालाई आँखा बन्द गरेर कम्मरलाई सिधा पारेर बस्न सिकाउनु पर्छ । त्यसपछि उनीहरुलाई ध्यानको फाइदा तथा ध्यान गर्ने तरिकाबारे राम्ररी बुझाउनु पर्छ ।

जब बच्चाले ध्यानबारे आधारभूत कुरा बुझ्छन् तब उनीलाई विस्तारै क्रमिक रुपमा लामो लामो सास लिन सिकाउनु पर्छ । यसको लागि सुरुवाती चरणमा संगीतको साहारा लिन पनि सकिन्छ ताकी बच्चाको ध्यान अन्य कुराहरुमा नजाओस् ।

यस्ता छन् ध्यानका फाइदाः
तनाव कम गर्छ

नियमित रुपले ध्यान गर्नाले तनाव कम हुन्छ । जनरल हेल्थ साइकोलोजीमा प्रकाशित एक अध्ययन अनुसार ध्यानले तनावलाई कम गरेर मस्तिस्कलाई शान्त राख्छ । ध्यान गर्नाले शरीरको कार्टिसोल हर्मोन नियन्त्रित रहन्छ । ध्यान गर्नु मस्तिस्कका साथै शरीरका लागि समेत लाभदायक मानिन्छ । त्यसैले, बालबालिकालाई केही समय ध्यान गर्न प्रोत्साहित गरौ ।

एकाग्रता बढाउँछ

स्कुल, ट्यूसनमा सफलता तथा घर घरपरिवारको परिस्थितिको कारण कयौ बालबालिकाको मन तथा मस्तिस्क स्थिर रहँदैन । मनलाई स्थिर राख्न नियमित रुपमा ध्यान गर्न जरुरी छ । किनकी ध्यान गर्नाले मन शान्त रहन्छ र एकाग्रता बढ्छ ।

सामान्यतया स्कुल जाने उमेरका धेरैजसो बालबालिकामा एकाग्रताको कमी हुन्छ । जसले गर्दा बच्चाहरुमा पढ्नमा ध्यान केन्दि्रत नहुने समस्या हुन्छ । यस्तो समस्या कम गर्न पनि ध्यान राम्रो विकल्प हुनसक्छ ।

निद्रा लाग्छ

आजकल स्मार्टफोन तथा ग्याजेट्सको प्रयोगले बालबालिकामा निद्राको कमी हुने गरेको छ । यस समस्यालाई कम गर्न ध्यान राम्रो विकल्प हुन सक्छ । ध्यान गर्नाले बालबालिकामा गहिरो तथा राम्रो निद्रा पर्छ ।

स्वासप्रस्वासको समस्या हुँदैन

नियमित व्यायाम तथा ध्यान गर्नाले स्वासप्रस्वास सम्बन्धि समस्या हुँदैन । दम लगायतका स्वासप्रस्वास सम्बन्धि समस्या भएका बालबालिकालार्इ ध्यान गर्न सिकाउनु उपयोगी मानिन्छ । अध्ययनहरुका अनुसार यस्ता रोगबाट ग्रसित रोगीले ‘ब्रेथ मेडिटेसन’ गरेमा सास लिन निकै सहज बनाउँछ ।

आफ्नाे कुरा खुलस्त राख्न मद्दत गर्छ

पढाई तथा होमवर्कका कारण बच्चाहरु तनावमा रहेमा उनीहरु प्राय चुपचाप बस्ने गर्छन् र उदास हुने गर्छन् । उनीहरुसँग कुरा गरेर समस्याको कारण सोध्नुपर्छ । बच्चाहरु आफूले गरेको गल्ती बताउन हिच्किचाउने गर्छन् । अरुले गरेको दुव्र्यवहारबारे पनि कुरा गर्न डराउँछन् ।

ध्यान गर्ने बानीले उनीहरुलाई आफूलाई भएको समस्या आमाबुबा समक्ष खुलस्त राख्न सहयोग गर्छ । जसले गर्दा बेलामै समस्याको समाधान गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment