Comments Add Comment

पाँच वर्षमा १२ लाख करदाता थप्ने सरकारको लक्ष्य

३० कात्तिक, काठमाडौं । सरकारले पाँच वर्षमा १२ लाख करदाता बढाउने लक्ष्य लिएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक विष्णुप्रसाद नेपालले ५ वर्षमा १२ लाख करदाता बढाउने लक्ष्यका साथ काम भईरहेको जानकारी दिए ।

सातौं राष्ट्रिय कर दिवसबारे जानकारी दिन शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले यस वर्षको दिवस करदातालाई जागृत गराउन केन्द्रित हुने पनि स्पष्ट पारे । विभागका अनुसार हाल १८ लाख करदाता रहेका छन । ५ वर्ष पछि त्यसको संख्या ३० लाख पु¥याउने लक्ष्य लिइएको छ ।

सरकारले हरेक वर्ष मंसिर १ गतेलाई राष्ट्रिय कर दिवसको रुपमा मनाउने गरेको छ । विभागका महानिर्देशक नेपालले कर दिवसलाई साताव्यापी रुपमा भव्य रुपमा मनाउन आफू नेतृत्वको मूल समारोह समिति र आवश्यक तयारीका लागि अन्य ७ वटा उपसमिति पनि गठन गरिएको जानकारी दिए ।

सरकारले यस वर्ष कर दिवसको अवसर पारेर उत्कृष्ट १५ जना कर दातालाई सम्मान गर्ने भएको छ । त्यसैगरी कर संकलनमा उत्कृष्ट हुने १० जना कर्मचारीलाई पनि पुरस्कृत कार्यक्रम रहेको पनि विभागले जनाएको छ ।

विभागको सप्ताहव्यापी कर दिवस कार्यक्रम मंसीर १ गतेदेखि ७ गतेसम्म संचालन हुनेछ । आम जनतालाई करबारे विस्तृत जानकारी दिनेगरी कार्यक्रम तय गरिएको पनि विभागका महानिर्देशक नेपालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment