Comments Add Comment

ज्यान लिने चितुवा नियन्त्रण गर्न प्रहरी परिचालन

१ मंसिर, तनहुँ । चितुवा वस्तीमा पसेर मानिसको ज्यान लिन थालेपछि तनहुँ प्रशासनले भानु नगरपालिकामा प्रहरी परिचालन गरेको छ ।

भानु नगरपालिकाको वडा नं. २, ३ र ४ मा चितुवाले आतंक सिर्जना गरेको छ । स्थानीयवासी त्रसित बनेपछि नियन्त्रणमा लिन प्रहरी परिचालन गरिएको तनहुँका प्रहरी प्रमुख सिद्धिविक्रम शाहले जानकारी दिए ।

चितुवा नियन्त्रणमा लिन दश जना सशस्त्र प्रहरी र दश जना नेपाल प्रहरी परिचालन गरिएको छ । सकेसम्म नियन्त्रणमा लिने र नसके मार्ने योजना रहेको प्रहरी प्रमुख शाहले बताए । अनलाइनखबरसँग शाहले भने, ‘अवस्था हेरेर नियन्त्रणमा लिने प्रयास गछौं, नसके मार्छौं ।’

गत बिहीवार साँझ भानु-४ मा चितुवाको आक्रमणबाट घर नजिकै खेल्दै गरेकी बालिका अस्मिता लम्सालको ज्यान गएको थियो ।  शनिबार विहान पनि भानु नगरपालिका वडा नं. २ को थप्रेकडाँडामा चितुवाको आक्रमणमा परी सात वर्षका सञ्जन नेपाली घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भैरहेको छ ।

गत वर्ष २०७४ फागुन १ गते भानु नगरपालिकाको वडा नं. ३ मा चितुवाले आक्रमण गर्दा एक बालकको ज्यान गएको थियो । उक्त घटनाको वर्षदिन नपुग्दै चितुवाले आक्रमण गर्दा बालिकाको ज्यान गएपछि स्थानीय बासिन्दा त्रसित भएका छन् ।

हालै अर्घाखाँचीमा पनि आतंक सिर्जना गरेको चितुवालाई प्रहरी परिचालन गरी नियन्त्रणमा लिइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment