Comments Add Comment

राजस्थानकी राजकुमारी बन्ने भइन् करिना कपुर

बलिउड अभिनेत्री करिना कपुर छोराकी आमा भएपछि पनि करिअरमा उत्तिकै समर्पित छिन् । उनको पछिल्लो फिल्म ‘वीरे दि वेडिङ’ बक्स अफिसमा हिट भएको थियो । करिना अब फरक खालको भूमिका ट्राइ गर्ने सोचमा छिन् । यदि सबै कुरा योजनाअनुसार भयो भने उनलाई एउटा ऐतिहासिक फिल्ममा देख्न सकिनेछ । करिनाले ‘अशोका’ पछि कुनै ऐतिहासिक फिल्ममा काम गरेकी छैनन् । सन् २००१ मा रिलिज भएको ‘अशोका’ फ्लप भएको थियो ।

करिना आफूलाई हरेक जनराको फिल्ममा सफल सावित गर्न चाहन्छिन् । त्यसैले उनले दोस्रोपटक ऐतिहासिक फिल्ममा काम गर्ने निर्णय लिएकी हुन् । अहिलेसम्म नाम जुर्न बाँकी यो नयाँ प्रोजेक्टको काम सुरु भइसकेको छ । यसमा उनले राजस्थानकी राजकुमारीको भूमिका निभाउने बताइएको छ । फिल्म ‘हिस्टोरिकल हरर’ हुनेछ ।

फिल्मको रिसर्च पूरा भइसकेको छ भने स्क्रिप्टमा काम गर्नका लागि फिल्मको टिम मुम्बईबाट टाढा राजस्थानको अज्ञात लोकेशनमा बसिरहेको छ । यो फिल्म बाहुबली सिरिज जत्तिकै महत्वाकांक्षी हुने सञ्चारमाध्यमहरुले जनाएका छन् । फिल्मको सुटिङ अर्को वर्षबाट सुरु हुनेछ भने सन् २०२० मा रिलिज गर्ने योजना बनाइएको छ ।

यसका अलावा करिनाले एउटा वेव सिरिजमा पनि काम गर्ने तयारी गरेकी छन् । यसमा उनी एक फेशन फ्रिकको रुपमा देखिनेछिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment