Comments Add Comment

नविल बन्यो बैंकवित्त तर्फ उत्कृष्ट करदाता

१ मंसिर, काठमाडौं । नविल बैंक लिमिटेड आर्थिक वर्ष २०७४/७५ मा बैं वित्त मध्ये सबैभन्दा धेरै कर तिर्ने करदाता बनेको छ । ७ औं राष्ट्रिय कर दिवसका अवसरमा नविललाई बैंक-वित्ततर्फ उत्कृष्ट भएको घोषणा गर्दै सम्मान गरिएको हो ।

शनिबार राजधानीमा आयोजित विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने करदाताहरुलाई सम्मान गरिएको छ । लघुवित्त वित्तीय संस्थाहरु मध्येमा भने छिमेक लघुवित्त वित्तीय संस्था सबैभन्दा धेरै कर तिर्ने करदाता बन्न सफल भएको छ ।

यसैगरी बीमा क्षेत्रतर्फ भने नेपाल पुर्नबीमा कम्पनी उत्कृष्ट करदाता बनेको छ भने ४० करोडदेखि ८० सम्म कारोबार गर्ने मध्ये नेपाल स्टक एक्स्चेञ्जले उत्कृष्ट करदाताको सम्मान पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment