Comments Add Comment

बढ्दो उमेरमा कसरी जवान देखिने ? यी हुन् प्राकृतिक काइदा

बल, बैंश र सौन्दर्य सधै एकनास रहँदैन । जीवन जति-जति छोटो हुँदै जान्छ, यी कुरा पनि क्रमस खिइदै जान्छ । शिथिल हुँदै जान्छ । अनि बुढ्यौलीले छोप्छ । बल सकिन्छ । बैंश रित्तिन्छ । सौन्दर्य निखि्रन्छ । साथसाथै हाम्रो अनुहारको चमक, ओज हराउँछ ।

मान्छेको मनोविज्ञान के हुन्छ भने, आफुलाई सधै जवान देखाउने । सधै आकर्षक देखाउने । जबकी उमेर ढल्कदै गएपछि प्राकृतिक रुपमै यी कुराहरु हामीबाट टाढा हुन्छ । हामी जवान रहँदैनौ । आकर्षक देखिदैनौ ।

तर, यसमा उमेर मात्र पनि कारक छैन । अर्थात उमेरले मात्रै पनि मानिसको वैंश, सौन्दर्य खिइने होइन । यदी सही ढंगको जीवनयापन र खानपान गर्ने हो भने यसको अवधी अरु लम्बाउन सकिन्छ । उमेरले पाको भएपनि शारीरिक हिसाबले जवान, तन्दुरुस्त, बलियो र आकर्षक रहन सकिन्छ ।

तर, हामी जवान, तन्दुरुस्त रहनका लागि आवश्यक सावधानी अपनाउने गर्दैनौं । नतिजा, उमेर भन्दा चाडै बुढो देखिन्छौं । उमेर नपुग्दै पाको देखिन्छौं । छाला रुखो हुन थाल्छ । दागहरु देखिन थाल्छ । चाहुरिन थाल्छ ।

सौन्दर्य प्रसाधनको भर

त्यसो त अहिले उमेर ढल्किएसँगै एन्टि एजिङ क्रिम लगाउने चलन छ । यस्ता थुप्रै सौन्दर्य प्रसाधन पाइन्छ, जसले अनुहारको दाग, चाहुरी लुकाउन मिल्छ । विभिन्न उपचार विधीबाट पनि बुढ्यौलीले छोप्दै गएको छालामा चमक ल्याउने यत्न गरिन्छ । जबकी यी कृतिम प्रयासहरुले क्षणभरको लागि हाम्रो बुढोपन ढाकछोप गर्न सक्छ । दीर्घकालिन होइन ।

त्यसैले यसका लागि प्राकृतिक विधी अपनाउनु सबैभन्दा बढी प्रभावकारी हुन्छ । के होला त प्राकृतिक विधी ?

व्यायाम गर्नुहोस् जवान रहनुहोस्

नियमित व्यायाम गर्नु  शरीरको शक्ति र कार्यक्षमतालाई बढाउँछ । यसले तपाईंको छाला पनि धेरै कसिलो हुन्छ । नियमित व्यायाम नगर्ने र असन्तुलित जीवनशैली अपनाउनाले तपाईंको शरीरको कार्यप्रणाली ढिलो हुन्छ । यसको असर उमेर धेरै देखिने रुपमा अगाडि आउन थाल्छ ।

व्यायामले तपाईंको शरीरमा रक्त सञ्चार सुचारु रुपले हुन्छ र शरीरको हरेक अंगलाई पर्याप्त मात्रामा रगत मिल्छ । हाम्रो उमेर बढ्दै जाँदा कैयौं पटक हाम्रो खुट्टा र हातलाई पुरै पोषण मिल्दैन ।

व्यायामको क्रममा शरीरबाट पर्याप्त पसिना निस्कन्छ । यो पसिनाको माध्यमले तपाईंको शरीरबाट विषाक्त पदार्थ बाहिर निस्कन्छ । यसले शरीरको प्राकृतिक मोइस्चराइजर सिबम आयल पनि बाहिर निस्कन्छ ।

भरपुर निदाउनुहोस्

यदि तपाईं भरपुर निदाउनुहुन्छ भन उमेरको असरलाई टाढा राख्न धेरै मद्धत मिल्छ ।  तपाईं राम्रो दिनमा कम्तीमा ६-८ घन्टा निदाउनुहुन्छ भने तपाईंको समग्र स्वास्थ्य पनि राम्रो रहन्छ । कोसिस गर्नुहोस् कि तपाईंको सुत्ने र उठ्ने समय एकजस्तै होस् ।

ध्यान र योग

योग र ध्यानको माध्यमले पनि तपाईंले उमेरको असरलाई टाढा राख्न सक्नुहुन्छ । योग र ध्यानले तपाईंलाई केवल मानसिक रुपले मात्रै शान्त राख्दैन बरु तपाईलाई शारीरिक रुपले पनि मजबुत बनाउँछ । यसले तपाईंलाई तनावमुक्त हुन मद्धत गर्छ ।

यसले शरीरमा रक्त सञ्चार सहि हुन्छ । यसको साथै मुटुको रोग, मोटोपना र छालाको पोल्ने समस्याबाट पनि राहत मिल्छ । त्यस्तै यसले हाम्रो रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ र तपाईं रोगबाट टाढा रहनु हुन्छ ।

धुमपान त्याग

धुम्रपानले शरीरमा उमेरको असर छिटै देखिन लाग्छ । धुम्रपानले शरीरमा धेरै नराम्रो असर गर्छ र यहि लक्षण तपाईंको अनुहारमा पनि देखिन थाल्छ । तपाईंको छाला चुरोटबाट निस्कने धुँवाको सम्पर्कमा आउँछ भने त्यसले धेरै नोक्सान गर्छ ।

यो प्राकृतिक रुपले स्वस्थ अनुहारलाई नोक्सान पुर्याएर त्यसको उपल्लो पत्रलाई नष्ट गरिदिन्छ । यसले अनुहारलाई जवान बनाइ राख्ने एलस्टिन प्रोटिन पनि सकिन्छ ।

धुम्रपान गर्नाले तपाईंको छालामा चाँयाको असर छिटो देखिन थाल्छ । चुरोटमा पाइने निकोटिनले रक्त कोषहरुलाई खुम्च्याइदिन्छ । यसले शरीरमा अक्सिजन र अन्य पोषण सहि मात्रामा पुग्न पाउँदैन ।

यदि तपाईं एक स्वस्थ र जवान छाला चाहनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले धुम्रपान छोड्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment