Comments Add Comment

बच्चालाई निस्फिक्री माटोमा खेल्न दिनुपर्छ, यस्तो छ १० फाइदा

अहिलेका सचेत अभिभावक ठान्छन्, ‘बालबालिका सुकिला-मुकिला हुनुपर्छ ।’ उनीहरुलाई आफ्नो छोराछोरी धुलो-माटोको सम्पर्कमा आएको निको लाग्दैन । छोराछोरी सुकिला होस्, धुलो-माटो नखेलुन्, लुगाफाटोमा फोहोर नलागोस्, हात-खुट्टा सफा होस् भन्ने लाग्छ । त्यही कारण छोराछोरीलाई घरभित्रै खेल्ने वातावरण मिलाइन्छ । घरको परिधिबाट बाहिर निस्कन अनुमति दिइदैन ।

तर, कुनैपनि बालबालिकाको शारीरिक र मानसिक विकास सही रुपले हुनको लागि उनीहरुलाई स्वतन्त्र माहौलको आवश्यकता हुन्छ । प्राकृतिक वातावरणमा स्वतन्त्र भई खेलेर हुर्केका बच्चाहरु अन्य बच्चा भन्दा स्वस्थ हुन्छन् ।

आजभोली धेरैजसो आमाबुबाले आफ्नो बच्चालाई फोहोरी र अस्वस्थ हुने डरले माटो र खुल्ला ठाँउमा खेल्नबाट रोक्छन् । तर, माटोबाट खेल्न रोक्नाले मात्रै उनीहरु स्वस्थ हुँदैनन् ।

बरु माटो र खुला स्थानमा खेल्नाले बच्चाको रोग प्रतिरोधी प्रणाली त बलियो हुन्छ साथै उनीहरुको रचनात्मक क्षमता पनि बढ्छ  ।

१. स्वास्थ्य मैत्री ब्याक्टेरिया

हामी धेरैजसो माटोबाट बच्चालाई संक्रमण हुन सक्छ भन्ने मान्छौं । यसैले हामी आफ्नो बच्चालाई माटोमा खेल्न दिँदैनौं । तर, माटोमा संक्रमण फैलाउने मात्रै होइन स्वास्थ्य मैत्री ब्याक्टेरिया पनि हुन्छन जसले बच्चालाई मानसिक र शारीरिक फाइदा पुर्याउँछ । स्वास्थ्य मैत्री ब्याक्टेरियाको कारण माटोमा खेलेका बच्चा बलिया हुन्छन् ।

२. रचनात्मक शक्ति

बच्चामा रचनात्मकता बढाउनको लागि माटो र खुला वातावरणमा खेल्न दिनुपर्छ । यसले बच्चाको शरीर त मजबुत हुन्छ साथै उनीहरुलाई केही अलग र रचनात्मक काम गर्ने शक्ति पनि बढ्छ ।

३. रोग प्रतिरोधी क्षमता बढ्छ

बच्चालाई माटो र खुला स्थानमा खेल्न दिनाले उनीहरुको रोग प्रतिरोधी क्षमता मजबुत हुन्छ । यसले बच्चालाई अन्य बच्चाको तुलनामा प्रदुषण र अन्य चीजबाट हुने एलर्जी धेरै कम हुन्छ ।

४. भविष्यमा रोगबाट बचाउँछ

बि्रस्टोल विश्वविद्यालयका शोधकर्ता सुजेन वाङका अनुसार बाल्यकालमा ब्याक्टेरिया र भाइरस रहित वातावरणमा हुर्केका बच्चाहरुलाई पछि गएर उच्च रक्तचाप र त्यससँग सम्बन्धित रोग लाग्ने खतरा बढी हुन्छ ।

माटोमा खेल्नाले बच्चालाई पछि लाग्ने रोगबाट बचाउँन धेरै महत्वपूर्ण भूमिका निभाउँछ । यसैले बाल्यकालमा बच्चालाई खुला वातावरण र माटोमा खेल्न दिनुपर्छ ।

५. बच्चा स्मार्ट बन्छन्

माटोमा पाइने ब्याक्टेरियाले दिमागलाई तेज बनाउन मद्धत गर्छ । यसैले चिकित्सकहरुले बच्चाहरुलाई भिडियो गेम र पिएसपी दिएर उनीहरुको मस्तिस्क खराब गर्नाको सट्टा उनीहरुलाई माटोमा खेल्ने अनुमति दिन सल्लाह दिन्छन् । जसले उनीहरुको ज्ञानमा पनि सुधार हुन्छ ।

६. तनाव कम गर्छ

बच्चालाई माटोमा खेल्ने अनुमति दिनाले उनीहरुलाई शान्त र आनन्दित बताउन मद्धत गर्छ । माटोको बास्ना र माटोमा पाइने सुक्ष्म किटाणुले बच्चाको मुड राम्रो बनाउँछ र त्यसले उसलाई ठिक गर्छ । यसबाहेक अन्य बच्चाको साथमा माटोमा खेल्नाले उनीहरुको तनावको स्तरलाई कम गर्छ ।

७. प्रकृतिको हेरचाह

कैयौं बच्चालाई आमाबुबाले खुला वातावरण र माटोमा खेल्ने अनुमति दिँदैनन् । यसैले उनीहरुलाई प्रकृति हाम्रो लागि  कति अनमोल छ भन्ने थाहा हुँदैन । बाहिर खुला वातावरणमा खेल्नाले उनीहरु प्रकृतिको नजिक आउँछन् र प्रकृतिको महत्व थाहा पाउँछन् ।

९. माटो एक कला

जब तपाईंको बच्चाले माटोमा खेल्दा माटोका भाँडाकुँडा, मुर्ती, घर जस्ता चीज बनाउँछन् भने त्यतिखेर उनीहरुलाई माटैमाटोमा खेलिरहेको देखेर तपाईं दुखी हुनुहुँदैन । किनभने यी सबै चीजले उनीहरुलाई रचनात्मक बनाउँछ र विचारको उपयोग गर्न मद्धत गर्छ ।

१०. स्वस्थ छाला

माटोमा खेल्नाले बच्चाको छाला स्वस्थ र चम्किलो बन्छ । माटोले छालाको रोमछिद्र खुल्छ र जसले रक्त सञ्चार बढ्छ । त्यसैले अर्कोपल्टबाट बच्चालाई माटोमा खेलेको देखेर उनीहरुको छालाको लागि चिन्तित हुन छोडिदिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment