+
+
Shares

कांग्रेसका तीन कोइरालालाई एउटै माला

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते २:००

२ मंसिर, विराटनगर । नेपाली कांग्रेसका तीन कोइरालाले एउटै मञ्चमा उभिएर कांग्रेसको गुमेको शाख फर्काउने दाबी गरेका छन् ।

बीपी पुत्र शंशाक, नोना पत्रु डा. शेखर र गिरिजाप्रसादकी छोरी सुजता कोइराला एउटै मञ्चमा देखिएका हुन् । गिरिजाप्रसाद कोइराला फाउन्डेशनको प्रदेश–एक कार्यालय उद्घाटनका क्रममा कार्यक्रममा एकताको प्रतकका रुपमा तीन कोइरालालाई आयोजकले एउटै माला लगाइदिएको थियो ।

कोइरालात्रयले एक ढिक्का भएर कांग्रेसलाई नेतृत्व प्रदान गर्ने दाबी गरेका छन् । महामन्त्री शशांकले कांग्रेस अझै बीपी र गिरिजाप्रसाद कोइरालाकै बाटोमा अगाडि बढ्ने बताए ।

केन्द्रीय सदस्य डा. शेखरले कांग्रेसलाई सशक्त बनाउन कोइरालाहरु एक ठाउँमा उभिएको बताए । कांग्रेसले प्रभावकारी रुपमा प्रतिपक्षको भूमिकासमेत खेल्न नसकेको उनले बताए ।

जीपी फाउन्डेशनकी अध्यक्ष सुजाता कोइरालाले समृद्ध नेपाल निर्माणमा सहयोग गर्न आफूहरु एक भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?