+
+
Shares

ओली सरकार अधिनायकवादतर्फ सोझिएको छः देउवा

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १५:१२

३ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले वर्तमान सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएको छ ।

सोमबार पार्टी कार्यालय सानेपामा आयोजित ३ नम्बर प्रदेशस्तरीय कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै सभापति शेरबहादुर देउवाले वर्तमान सरकार अधिनायकवादतर्फ सोझिएको दाबी गरे । दुई तिहाईको सरकार गठनसँगै मुलुकमा राजनीतिक स्थिरता आएको चर्चा गरिएपनि त्यसको महसुस जनताले गर्न नसकेको उनले बताए ।

अधिनायवादले प्रजातन्त्रलाई नष्ट गर्ने भन्दै उनले प्रजातन्त्र संरक्षणका लागि एकजुट हुन कार्यकर्तालाई निर्देशन दिए ।

सर्वसत्तावाद उन्मुख सरकारको नियत र अधिनायकवादी चरित्र सदाका लागि अन्त्य गर्न पार्टीले शसक्त प्रतिकार गर्नुपर्नेमा उनले जोड दिए । प्रजातन्त्र रक्षाका लागि विगतमा भएका गल्ती कमजोरीलाई विर्सेर एकढिक्का भई अघि बढ्नुपर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?