Comments Add Comment

भान्साको कामः रमाइलो पनि, रचनात्मक पनि

अक्सर हाम्रो समाजमा गृहणीलाई ‘चुल्हो चौका’को काममा खटाइन्छ । गृहणी अर्थात श्रीमती । आमा । बुहारी । भाउजु । जे पनि पनि महिला ।

तर, अहिलेको अवस्थामा महिला-पुरुष सराबरी भान्सामा खटिन्छन् । भान्साको काम, खानपिन बनाउने । झट्ट सुन्दा र बुझ्दा लाग्छ, यो केवल काम हो । यस्तो कामले न आफ्नो क्षमता विकास हुन्छ, न काम गर्नमा कुनै रमाइलो ।

तर, भान्साको काममै पनि हामी इन्जोए गर्न सक्छौं । खासमा भन्ने हो भने, खाना पकाउनु एक कला हो । अतः भान्साको काममा हामीले आफ्नो रचनात्मक क्षमता देखाउन सक्छौं । खाना कसरी स्वस्थ्यकर, कसरी स्वादिलो बनाउने मात्र होइन कसरी आकर्षक ढंगले सर्भ गर्ने भन्ने कुरामा पनि भान्सेको अक्कल चाहिन्छ ।

खाना थरीथरी बनाउन सकिन्छ । खानामा थरीथरीको प्रयोग गर्न सकिन्छ । एकै किसिमको खानामा पनि स्वादमा विविधता पस्कन सकिन्छ । यो सबै भान्सेको कलामा भरपर्ने कुरा हो ।

हामी के ठान्छौं भने अन्य काम खासगरी घरबाहिरको काम गरिसकेपछि भात पकाउनु आवश्यक ठान्दैनौ । कतिसम्म भने भान्समा प्रवेश गर्न पनि हामीलाई जाँगर चल्दैन । हामीमा कस्तो मनोविज्ञान हुर्किएको छ भने, ‘भान्साको काम गृहणीले गर्ने हो । यो अनुत्पादक काम हो ।’

त्यही भएर दिनभरको दौडधूपबाट विश्राम लिन वा मनोरञ्जन गर्नका लागि वेपर्वाह सोफामा ढल्किएर टेलिभिजनको रिमोट थिच्न थाल्छौं । वा त स्मार्टफोनमा फेसबुक, ट्वीटर चलाउन थाल्छौं । किनभने अहिले रमाइलो गर्ने अनेक वाहाना छन् ।

तर, यी सब त्यागेर भान्सामा छिर्ने हो भने दिनभरको तनावबाट मुक्त हुन सकिन्छ । यसबाट प्रत्यक्ष दुईवटा फाइदा पुग्छ, एक त भान्सामा सहयोग आदनप्रदान हुन्छ । दोस्रो, आफ्नो मर्जी र सीप अनुरुप खाना तयार गर्न सकिन्छ ।

यसबाट प्रत्यक्ष/परोक्ष धेरै फाइदा मिल्छ । जस्तो कि, परिवारको सबै काम बाँढीचुडी गर्ने । एकअर्काको हातले पकाएको नयाँ स्वाद लिने । खासमा खुसी खोज्ने काइदा पनि हो यो ।

कसरी रमाउने भान्सामा ?

खाना बनाउने अर्थात कुकिङलाई तनाव भगाउने राम्रो माध्यम पनि मानिन्छ किनभने जब तपाईं खाना बनाउनुहुन्छ त्यसलाई मिठो बनाउनको बढाउनको लागि तपाईं आफ्नो पुरै ध्यान केन्दि्रत गर्नुहुन्छ ।

खाना बनाउनको लागि विभिन्न किसिमका सामग्रीको प्रयोग गर्नुपर्ने हुन्छ । सब्जीहरुलाई काट्ने देखि बनाउने सम्मको पुरै प्रक्रियामा तपाईंको ध्यान बाँडिन्छ र तपाईंको स्ट्रेस लेभल कम हुन्छ ।

एक सर्वेक्षणका अनुसार बेकिङ र कुकिङले मानिसहरुमा करीब ४० प्रतिशत स्ट्रेस कम हुन्छ । यसैले खाना बनाउने काम बोझ होइन बरु आफ्नो मस्तिस्क र शारीरिक स्वास्थ्यको लागि धेरै उपयोगी काम हो ।

कुकिङ एक थेरापी पनि हो जसले कुनै पनि दिमागी समस्यालाई कम गर्न सक्छ । यूरोप अमेरिका लगाएतका देशहरुमा कुकिङले तनावलाई कसरी कम गर्छ भन्ने विषयमा कार्यशालाहरु पनि हुने गरेका छन् । विश्वभर कुकिङलाई एक थेरापीको रुपमा लिइन्छ मान्छ ।

कुकिङका फाइदा

-खानाले एकअर्कालाई जोड्छ । चाहे त्यो साथी होस् वा परिवारका सदस्य सबैले स्वादिलो भोजनको चाहना राख्छन् ।

-भोजन तयार गर्ने क्रममा विभिन्न किसिमका चीजहरुको प्रयोग गरिन्छ । जसमा सब्जीहरुको रंग र मसालाको सुगन्धले बनाउने मानिसहरुको नसालाई शान्ति प्रदान गर्छ जसले तनाव कम हुन्छ ।

-सागसब्जीहरुलाई काट्ने, पखाल्ने, छोडाउने, केलाउने, ताछने, मसाला पिस्ने आदि सबै कामले प्रभावकारी तरिकाले तपाईंको ध्यानलाई कुनै समस्याबाट टाढा हटाउँछ र तपाईं तनावमुक्त हुनुहुन्छ ।

-कुकिङमा सिर्जनशिलताले धेरै ठूलो काम गर्छ । खाना बनाउने क्रममा आफ्नो सिर्जनशिलतालाई सही तरिकाले पेश गरेर तपाईंले नयाँ र स्वादिलो परिकार बनाउन सक्नुहुन्छ । यसले आनन्द र रमाइलो महसुस हुन्छ ।

-यदि तपाईं मिठो खाना बनाउनुहुन्छ भने धेरैजसो साथी वा परिवारका सदस्यले तपाईंको यो कलालाई तारिफ गरेर थाक्दैनन् । यसले तपाईंको मनोबल उच्च हुन्छ ।

-जब तपाईं साथी वा परिवारका सदस्यलाई मनपर्ने खाना बनाउनुहुन्छ र उनीहरलाई खुसी भएर खान्छन् । तपाईंलाई खुसी महसुस हुन्छ र तपाईंको तनाव कम हुन्छ ।

-खाना बनाउनु एक कला हो जुन हरेक व्यक्तिमा अलग अलग हुन्छ । खाना बनाउन जानेमा तपाईंले आफूलाई मनपर्ने परिकार आफैले बनाएर खानसक्नुहुन्छ जसले तपाईंलाई शान्ति मिल्छ र तनाव दुर हुन्छ ।

यसरी गर्नुहोस् स्मार्ट कुकिङको तयारी

भागदौड र व्यस्तताले भरिएको जिन्दगीमा कामकाजी महिलाहरुको लागि खाना बनाउनु सजिलो हुँदैन । यस्तोमा यदि तपाईं स्मार्ट कुकिङ गर्न चाहनुहुन्छ भने यो तयारी पहिलेदेखि नै गर्नुहोस् ।

कुकिङमा प्रयोग हुने पुरै सामग्रीको प्रबन्ध तत्काल गर्न सक्नुहुन्न भने यस्तोमा स्मार्ट ककिङको सबैभन्दा राम्रो तरिका बजारमा पाइने विभिन्न किसिमका मसलाको प्रयोग खानामा गर्नु हो । यसको लागि बजार गएको बेलामा पौष्टिकता, स्वाद र सुगन्ध दिने खालका मसला एकैपटक खरिद गरेर घरमा राख्नुहोस् ।

-सागसब्जीहरुलाई रातमा काटेर, कच्चा मसालाको सामग्रीलाई पिसेर मिसाउनुहोस् र त्यसलाई ढाकेर पहिलेदेखि नै पि|mजमा राख्नुहोस् ।

-यदि दाल बनाउन छ भने त्यो भन्दा पहिले त्यसलाई भिजाएर राख्नुहोस् ताकी छिटो पाकोस् । यसले दालको पोषकतत्व पनि कायम हुन्छ र छिटै गल्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment