+
+
Shares

कोही महाधिवेशन टार्न र कोही पार्टी चलाउन नसकेर एकता गर्दैछन्: घनश्याम भूसाल

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १२:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्रले महाधिवेशन संकट टार्न र अध्यक्षमाथि भ्रष्टाचार मुद्दा लागेपछि एकीकरण निर्णय गरेको दावी गर्नुभयो।
  • भूसालले माओवादी केन्द्रमा मंसिरभित्र महाधिवेशन गर्नुपर्ने र पार्टी चलाउन नसक्ने बाध्यताले एकता गर्न लागिएको आशंका व्यक्त गर्नुभयो।
  • उनले एमालेसँग विद्रो गर्दाको कारणाको समीक्षा नगरी गरिने एकता दिगो नहुने बताउनुभयो।

१९ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भूसालले माओवादी केन्द्रले महाधिवेशनको संकट टार्न र आफ्नो पार्टीका अध्यक्षले भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी चलाउन नसकेर एकीकरणको निर्णयमा पुगेको दावी गरेका छन्।

नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी लगायतका विभिन्न ९ दलबीच आज हुने भनिएको एकता घोषणासभा अघि पत्रकार सम्मेलन गर्दै उनले ओरालो लाग्दै गरेकाहरूबीचको एकताले पार्टीलाई उकालो लगाउन नसक्ने बताए।

‘नेकपा माओवादी केन्द्रमा मंसिरभित्र महाधिवेशन गर्नुपर्ने, अहिले त्यसलाई टार्नु पर्ने अनि हाम्रा अध्यक्षलाई भ्रष्टाचारको मुद्दा लागेपछि पार्टी चलाउन नसक्ने बाध्यताको कारण एकाएक एकता गर्न लागिएको आशंका छ,’ उनले भने, ‘यसखालको संकटहरूलाई थुपारेर संकटमोचन गर्ने फर्मुला गलत छ।’

उनले एमालेसँग विद्रो गर्दाको कारणाको उचित समीक्षा नगरी गरिने एकता दिगो हुन नसक्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?