+
+
Shares

विद्यार्थीलाई कोचिङ पढाउन प्रदेश सांसदले छुट्याए १० लाख

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १७:०८

३ मंसिर, सप्तरी । सप्तरीबाट निर्वाचित एक प्रदेश सांसदले संसदीय कोषको रकम शिक्षाका लागि छुट्याएका छन् । उनले १० कक्षाका विद्यार्थीलाई कोचिङ पढाउन १० लाख रुपैयाँ दिने भएका छन् ।

सप्तरी क्षेत्र नम्बर ३ क बाट निर्वाचित मो. समीमले शिक्षाको जग बलियो बनाउनुपर्ने भन्दै यस्तो कदम चालेका हुन् । नेपाली कांग्रेसबाट निर्वाचित भएका उनले चालू आर्थिक वर्षको संसदीय कोषबाट प्राप्त रकम आफ्ना क्षेत्रका आठ विद्यालयमा खर्चिने छन् ।

यसबाट रुपनी र बिष्णुपुर गाउँपालिकाका ७ सय ८९ विद्यार्थी लाभान्वित हुनेछन् । ‘सप्तरीमा एसईई परीक्षाको नतिजा एकदमै कमजोर छ,’ उनले भने, ‘त्यसैले कक्षा १० मा अध्ययन गर्ने भाईबहिनीको पढाईका लागि यो रकम उपलब्ध गराउन लागेको हुँ ।’

मंसिर १४ गतेदेखि ३ महिनासम्म बिहान ७ देखि नौ बजेसम्म कोचिङ पढाइने सांसद समीमले बताए ।

यस विषयमा उनले आठवटै माविका प्रधानाध्यापकहरुलाई बोलाएर छलफल गरेका छन् । ‘माननीयज्यूले कोचिङ पढाउने शिक्षकहरुलाई पारिश्रमिक तथा त्यसको निगरानी गर्न प्रअहरुलाई भत्तासमेत दिने कुरा गर्नुभएको छ,’ मावि रायपुरका प्रअ पर्शुराम यादवले भने, ‘हामी उहाँको अभियानमा साथ दिनेछौं ।’

कोचिङ कक्षाका क्रममा प्रत्येक महिना विद्यार्थीहरुको परीक्षा लिएर स्तर जाँच गरिनेछ । यसबाहेक प्रत्येक महिना समिक्षा बैठक बस्दै सरोकारबालाहरुसँग अनुगमन गराउने योजनासमेत समिमको छ ।

कांग्रेसको निर्देशन

यसैबीच सप्तरी कांग्रेसले आफ्नो पार्टीले जितेका जिल्लाका सबै स्थानीय तहमा शिक्षालाई सुधार्न कार्यक्रम संचालन गर्न निर्देशन दिएको छ ।

कांग्रेस जिल्ला सभापति दिनेश यादवले जिल्लाको शैक्षिक अवस्था अत्यन्तै कमजोर भइसकेको परिप्रेक्ष्यमा योजनाहरु तयार गर्न प्रमुखहरुसँग छलफल गरिएको बताए ।

कांग्रेसले सप्तरीका १८ मध्ये पाँचवटा स्थानीय तह जितेको छ ।

सभापति यादवले पाँचवटै स्थानीय तहमा एसईईलाई लक्षित गरी अतिरिक्त कक्षाको व्यवस्था गराउन, सरकारी विद्यालयहरुको अनुगमन गराउन, बालबालिकालाई नियमित विद्यालय पठाउन र शिक्षकहरुलाई नियमित उपस्थित भइ कक्षा संचालन गर्नेसहितका बिषयमा योजना बनाउन छलफल गरिएको बताए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?