+
+
Shares

धोवी खोला किनारमा भेटियो युवकको शव

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १८:२३

३ मंसिर, काठमाडौं । काठमाडौंको चाबहिलस्थित धोवी खोला किनारमा एक व्यक्तिको शव फेला परेको छ । यद्यपि, हालसम्म सनाखत हुन सकेको छैन ।

सोमबार अपरान्ह शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका हुन् । हाल काठमाडौं प्रहरी परिसर, टेकुको टोली घटनास्थलमा पुगेको छ ।

खोला किनारमा घोप्टो परिरहेको अवस्थामा भेटिएको शवमा कुनै चोटपटक छैन । यद्यपि, घटनास्थलबाट चक्कु, चम्चा र ओखर बरामद भएको परिसरका प्रवक्ता एवं डीएसपी होविन्द्र बोगटी बताउँछन् ।

उनका अनुसार मृतक व्यक्ति अन्दाजी ४५/५० वर्षका हुन् । ‘मृतकको अनुहार निलो देखिन्छ’, बोगटीले अनलाइनखबरसँग भने, ‘तर, शव दुई/तीन दिन पुरानो भएकाले त्यस्तो देखिएको प्रारम्भिक अनुमान छ । अनुसन्धान गरिरहेका छौं ।’

उनका अनुसार चिकित्सकहरुको टोली पनि अहिले घटनास्थलमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?