+
+
Shares

अर्थसमितिको निर्देशनः भुक्तानी राेकेर सरकार दायित्वबाट पछि नहटोस्

अनलाइनखबर अनलाइनखबर
२०७५ मंसिर ३ गते १८:५३

३ मंसिर, काठमाडौं । प्रतिनिधिसभाको अर्थ समितिले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएको छ ।

सरकार दायित्वबाट पछि हट्न खोजेको विषयहरु आइरहेको भन्दै सोमबार बसेको समितिको बैठक पछि सभापति कृष्ण दाहालले सरकारलाई दायित्वबाट पछि नहट्न निर्देशन दिएका हुन् ।

केहि दिन अघि सडक विभागले गरेको एउटा पत्राचारका कारण विभिन्न आयोजनाहरुको भुक्तानी रोकिएको जानकारी दिँदै सभापति दाहालले भने, ‘त्यो चिठ्ठीले सरकार दायित्वबाट पछि हट्यो कि भन्ने सन्देश गएको छ, यो सन्देश नजाओस्, सरकार दायित्वबाट पछि हट्न मिल्दैन ।’

गत बजेटमा पनि ‘यो चाहिँ प्रदेशमा जान्छ’ भनिएका आयोजनाहरु प्रदेशमा जाँदा स्राेतसहित पठाइदिन पनि उनले सरकारलाई निर्देशन दिए ।

‘प्रदेशमा शिर्षकमात्रै जाने कुरा त हुँदैन नि’, उनले भने, ‘यस विषयमा कतै केहि भएको भए सच्याउनु पर्ने छ भने त्यसमा महशुस गर्न म आग्रह गर्दछु ।’

सडक विभागको पत्रले गर्दा भुक्तानी दिनु पर्ने दायित्व सिर्जना भएर बसेका पनि एक्कासी भुक्तानी रोकिएको र त्यसले एउटा जटिल परिस्थिति उत्पन्न भएको उनले बताए ।

कुनै आयोजनालाई वेवारिसे नबनाई त्यसलाई निरन्तर अगाडी बढाउन र बजेटको व्यवस्था छैन भने बजेटका व्यवस्था गर्न पनि उनले आग्रह गरे ।

बैठकमा उठेको थप बजेटको विषयमा पनि उनले खर्च नगरी धेरै बजेटमात्रै माग्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?